कटारी खानेपानी आयोजनाद्वारा पानीको महशुलमा छुट ,चैत्र महिनाको महशुल तिर्न नपर्ने

Wednesday, April 15th, 2020

मोहन श्रेष्ठ
उदयपुर :उदयपुरको कटारी बजारमा रहेको नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताहरुलाई खानेपानी महशुल छुट दिने भएको छ । विश्वव्यापी संक्रमण कोरोना भाईरस (कोभिड -१९) का कारण पुगेको असरलाई मध्यनजर गर्दै संस्थाको समितिले निर्णय गर्दै यस अघिको सबै महशुल यहि वैशाख मसान्तसम्ममा तिरिसक्ने उपभोक्ताहरुलाई गएको चैत्र महिनाको महशुल नलिने भएको हो ।
लकडाउनका समयमा व्यापार व्यवसाय ठप्प हुनुका साथै ज्याला मजदुरी समेत गर्ने वातावरण नभएकाले उपभोक्ताहरुलाई परेको असरलाई ध्यानमा राख्दै समितिले पानीको महशुल छुट दिने निर्णय गरेको हो ।यस विषम परिस्थितिमा उपभोक्ताहरुलाई सहज होस भनेर महशुल नलिने निर्णय गरेको समितिका अध्यक्ष दोजराज पौडेलले बताए । संस्था अन्तरर्गत कटारी बजार र आसपासमा गरी १४ सय उपभोक्ताहरुले खानेपानी प्रयोग गर्दै आईरहेका छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest