कतै तपाँई पनि लकडाउन उल्लंघन गर्दै त हुनुहुन्न? होस गर्नुहोस दुई घण्टा सडकमा उभिनुपर्ला

Sunday, March 29th, 2020

काठमाडौं :नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि विनाकारण सडकमा निस्किए भेटिएकै स्थानमा दुई घन्टा उभ्याइने भएको हो ।महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले भने, ‘हालसम्म ललितपुरबाट साढे दुई सय, भक्तपुरबाट ४० र काठमाडौंबाट गरी एक हजार ७० जनालाई होल्ड गरिसकिएको छ ।’
सडकमा उभ्याएर उनीहरुलाई कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिइने प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले बताए । ‘पक्राउ गरेर राख्दा झन् जोखिम बढ्न सक्ने सम्भावना हुन्छ’, उनले भने, ‘ अब सामाजिक दूरी कायम गरेर सम्बन्धित स्थानमा प्रहरी जवानहरुले उहाँहरुलाई प्रशिक्षण दिनुहुनेछ ।’यसले नागरिक आफैं सचेत भएर लकडाउन उल्लंघन नगर्ने विश्वास लिइएको उनले जनाए ।

सरकारले कोरोना (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गरेको छ । जसको छैठौं दिनमा उपत्यका प्रहरीले नीति परिवर्तन गरेको हो ।यसअघि लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइँदै आएको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest