कथाभित्रको कथा

Tuesday, December 24th, 2019


राजधानी शहरभित्रको व्यस्त शहर ठमेल । साँझले सुइकुच्चा ठोकिसेकेको छ । ‘ए टु जेड् मसाज सेण्टर’ लेखिएको बोर्डमुनिको ढोका विस्तारै खुल्छ । एक पुरुष अनुहार ढोकाभित्र पस्छ ।
“आउनुस, आउनुस् । स्वागत छ ।” काउण्टरमै रहेकी मसाज सेण्टरकी सञ्चालिकाले मन्द मुस्कानले स्वागत गर्दै भनी ।
अनुहारले यताउति चहा¥यो उभिएरै । त्यो अनुहारले साहुनीलाई होइन, कुनै अर्को अनुहारलाई खोजेको भन्ने साहुनीलाई प्रष्टै थियो । किन कि ऊ पहिलो पटक त्यहाँ आएको थिएन ।
तैपनि औपचारिकता निर्वाह गर्न साहुनीले भनी– “बस्नुस् न । सोनिया आइहाल्छे एकै छिनमा ।”
अनुहार अर्थात् ऊ मन नलागी नलागी काउण्टरअगाडिको सोफामा बस्यो ।
सोनिया भित्र कुनै बन्द कोठामा अर्कै गेष्ठरुपी ग्राहकसँग व्यस्त थिई । साहुनीले तोकेको ग्राहकसँग व्यस्त हुनु सोनियाको कर्म मात्र होइन, धर्म पनि थियो ।
“कि आज अर्को केटीसँग मसाज गराउनुहुन्छ ? सोनियाभन्दा ऊ झन् राम्री छे ।” काउण्टर छेउको सोफामै रहेकी अर्की केटीतिर संकेत गर्दै साहुनीले भनी ।
ऊ केही बोलेन ।
“सोनियाभन्दा कम छैन हो यो बहिनी पनि । कति हेप्नुभाको हाम्री तमन्नालाई चाहिँ ?” साहुनीले चेपारे पार्दै थपी ।
तर फेरि पनि ऊ केही बोलेन । उसले तमन्ना नाम गरेकी त्यो केटीतर्फ पुलुक्क हे¥यो मात्र ।
नबोल्नुको अर्थ साहुनीको प्रस्ताव इन्कार गरेको भन्ने साहुनीले प्रष्टै बुझी ।
काउण्टर अगाडिको सोफामा सोनियाँको लागि धैर्य गरिरहँदा उसमा अधैर्यता प्रष्टै देखिन्थ्यो ।
केही छिनको उसको अधैर्यतालाई चिर्दै सोनिया काउण्टर अगाडि देखा परी ।
भर्खर नुहाएको झैँ देखिने जेल लगाएको कर्डली कपाल, अर्धनग्न कपडा, अग्लो हिल, कानमा लामा लामा झुम्का र रातो चमकदार लिपिस्टिक लगाएकी सोनियालाई देख्नासाथ उसको चेहरामा उन्मादका रेखाहरु देखा पर्न थाले ।
“आज त खबरै नगरी आउनुभएछ त ? आउनु अगाडि फोन गरेको भए म तयार भएर बस्थेँ नि, हजुरको स्वागतमा ।” सोनियाले मस्किँदै भनी ।
“केहिलेकाहिँ त अकस्मात पनि आउनुपर्छ क्या । छड्के निरीक्षण ।” उसले जिस्किने शैलीमा भन्यो ।
सोनिया मुसुक्क हासिँदिई मात्र ।

ऊ सोनियाको हाँसोमा लल्यााकलुलुक पग्लियो ।
सोनियाले भित्र जाने संकेत गरी । ऊ बसेको ठाउँबाट उठेर कोठातिर छिर्न हतारियो । मानौँ कि ऊ कुनै युद्ध जित्न जाँदै छ ।
“पैसा त पहिल्यै दिएर जानुस् न हो दाई । हाम्रो नियम नै हो पहिले पैसा लिने । तपाईँलाई थाहै छ नि ।” काउण्टरमा बसेकी साहुनीले भनी ।
ऊ झल्यास्स भयो । अगाडि बढ्न लागेका खुट्टा फेरि पछाडितर्फ फर्किए ।
उसले पर्सबाट रेट बमोजिमको नोट निकालेर साहुनीतिर तेस्र्यायो । साहुनीले पैसा लिई र आफ्नै छातिमा ब्लाउजले कसिएको अग्ला अग्ला दुई पहाडको बीचमा घुसारी ।
“३ नं. कोठामा जानुस् । त्यो कोठा राम्रो छ ।” साहुनीले भनी ।
ऊ ३ नं. कोठातिर लम्क्यो । जुन कोठा उसको लागि नयाँ थिएन । पटक पटक ऊ त्यो कोठमा आएर रित्तिएको थियो ।
सोनिया उसको पछिपछि मसाज गर्ने
‘हर्बल आयुर्वेदिक तेल’ लेखिएको सानो बट्टा र एउटा रुमाल बोकेर ३ नं. कोठातिर लागि ।
कोठाभित्र ऊ मसाज गर्ने बेडमा बसेको थियो । सोनिया उसको छेऊमा टाँसिएर बसिदिई ।
उसले सोनियालाई लोभी आँखाले हे¥यो ।
“के हेरिराको यसरी । भन्नुस्, मसाज मात्र गर्ने कि पूरै प्याकेज ?” सोनियाले सोधी ।
“तिमीसँग आएपछि पनि मसाज मात्र गरेर जान्छु त लाटी, पूरै प्याकेज गर्ने नि ।” उसले भन्यो ।
“त्यसो भए पैसा थप्नुस् ।” सोनियाले भनी ।
“थप्ने मात्र ? तिमीलाई चाहिएको जति झिकेर लैजाऊ ।” उसले पर्स निकालेर सोनियातर्फ तेस्र्यायो ।
“हामी आफ्नो रेटभन्दा बढी लिँदैनौँ । हिजो अस्तिको रेट अनुसार दिनुस ।” सोनियाले भनी ।
नियमित ग्राहक । रेट उसलाई कण्ठै थियो । उसले पर्सबाट रेटअनुसारको रकम निकालेर दियो ।
सोनिया हातमा पैसा लिएर कोठा बाहिर निस्की । काउण्टरमा गई । मसाज सेण्टरको स्वघोषित विधानअनुसार आधा पैसा साहुनीलाई दिई, आधा आफैैँले राखी र पुन ३ नं. कोठातिर फर्केर आई ।
कोठाभित्र पसेर सोनियाले ढोकाको चुकुल बन्द गरी र फेरि उसको छेऊमा गएर बसी ।
“ल जेजे गर्छौ गर । अब म एक घण्टाको लागि तिम्रो भएँ ।” सोनियाले भनी ।
“एक घण्टाको लागि मात्र किन प्रिय ? तिमी सधैँको लागि मेरो भइदेउ न ।” उसले सोनियाँलाई अँगालो हाल्दै भन्यो ।
“घरकी स्वास्नी चाहिँ के गर्छौ नि ?” सोनियाँले सोधी ।
“ओहो ! यस्तो रोमाण्टिक मुडमा त्यो घरकी स्वास्नीको कुरा नगर न प्रिय । म त तिमीलाई माया गर्छु क्या ।” उसले भन्यो ।
सोनिया केही बोलिन ।
“तिमी किन नबोलेको ? के तिमी मलाई माया गर्दिनौ ?” उसले सोनियाको मौनता तोड्न खोज्यो ।
“गर्छु, टन्नै गर्छु ।” सोनियाले व्यंग्यात्मक पाराले भनिदिई ।
तर उसले व्यंग्यात्मक भाषालाई सोझो बुझ्यो । भन्यो– “हो, मलार्ई थाहा छ । तिमी मलाई माया गछ्र्यौ । त्यसैले त म यहाँ नियमित आउँछु नि ।”
ऊ सोनियाको यौवन र सुन्दरतामा पग्लन थाल्यो । सुरुमा मुलायम तरिकाले सोनियालाई सुम्सुम्ययायो । अनि भन्यो– “आइ लभ यु सोनिया ।”
सोनियाको मनमा त्यो यौनपिपाषु पुरुषप्रति रत्तिभर माया थिएन । सोनिया त मात्र आफ्नो कर्म गर्र्दै थिई । कर्मको धर्म निर्वाहका लागि सोनियाले अभिनय गरिदिई । सोनियाले पनि भनिदिई– “आइ लभ यु टु ।” तर मनदेखि होइन मात्र मुखबाट ।
सोनियालाई सुम्सुम्याउँदा सुरुमा उसका हात मुलायम भुवा जस्ता लाग्दै थिए । उन्मत्त हुँदै गएपछि ऊ हिंस्रक हुँदै गयो । हिंस्रक हुन थालेपछि उसका हात काँडा जस्ता लाग्न थाले सोनियालाई । उन्मत्त हुँदै गएपछि ऊ पूर्ण नग्न भयो । सोनियालाई पनि नग्न हुने आदेश दियो ।
ऊ सोनियामाथि पुरुषत्व देखाउन थाल्यो । निर्वस्त्र सोनियाका अङ्गअङ्ग चुम्न थाल्यो । कहिले आफू सोनियामाथि चढ्यो । कहिले सोनियालाई आफूमाथि चढायो । कहिले सोनियालाई टोक्यो, कहिले चिमट्यो । जोल्ठिएको कुकुर कराए झैँ ऊ कुइाकुइँ करायो पनि । आफू नरित्तिएसम्म उसले सोनिायालाई हिंस्रक रुप देखाउँदै गिजोलिरह्यो ।
उसले सोनियाको शरीरलाई जसरी भोगे पनि सोनियाले कुनै प्रतिक्रिया जनाइन । उसले जसो जसो भन्छ त्यसोत्यसो गरिदिइ मात्र । सोनियाले सबै उसको लागि गरिदिई । मात्र उसको लागि । आफ्नो लागि केही गरिन ।
उम्लेपछि रित्तिन्छ । यो प्रकृतिको नियम हो । अन्ततः आधा घण्टा उम्लिएपछि ऊ रित्तियो । आफू रित्तिएपछि उसले सोनियालाई छोड्यो । जुम्राले मृत शरीर छोडे झैँ । भुइँतिर छरिएका वस्त्रहरु आफ्नो निर्वस्त्र शरीरमा फटाफट धारण ग¥यो । सोनियाले पनि वस्त्र धारण गरी ।

अब बल्ल उसलाई हतार भयो । “ल म अब जान्छु है” भन्दै उसले आफैँ ढोकाको चुकुल खोल्यो । कोठा बाहिर निस्केर रिसेप्सनतिर पनि नहेरी ऊ सरासर बाटो लाग्यो ।
…………………………….

यसबेलासम्म रात छिप्पिन लागिसकेको थियो । सोनिया पनि कोठाबाट निस्केर रिसेप्सनमा आई र साहुनीलाई भनी– “अब म पनि जान्छु है । हतार भो । अब त आज अरु ग्राहक पनि आउँदैनन् होला ।”
साहुनीले “हुन्छ” को भावमा टाउको हल्लाई ।
सोनिया चेञ्जिङ रुममा पसी । फटाफट आफ्नो शरीरले धारण गरेको ग्ल्यामर डे«ेस फुकाली, मेकअप पुछी र बिहान घरबाट लगाएर आएको कुर्ता सुरुवाल लगाई । अनि चेञ्जिङ रुमको भित्ताको सानो ऐनामा आफ्नो रुप हेरी । ऐनामा हेर्दा ऊ सोनियाबाट सुनीतामा परिणत भैसकेकी थिई ।
चेञ्जिङ् रुमबाट निस्केर सुनीता फटाफट आफ्नो कोठातिर लम्किन खोजी । मसाज सेण्टरबाट निस्कनै लाग्दा साहुनीले भनी– “भोलि अलि छिटो आऊ है सुनीता, फस्ट आवरमा त्यो अस्तिको मोटेवाला गेष्ट छ नि, त्यो आउँछु भन्थ्यो ।”
सुनीताले “हुन्छ” भनी र आफ्नो बाटो लागी ।
सुनीता हतारहतार आफ्नो कोठातिर लम्की । मासिक भाडा तिर्ने गरी लिएको कोठामा पुग्दा रातको १० बज्न लागेको थियो । आफ्नो ब्यागबाट साँचो निकालेर ढोकामा झुण्डिरहेको ताल्चा खोली । र बत्ती बाली ।
बत्ती बाल्नासाथ देखी, बिहान ८ बजेदेखि छोडेर हिँडेको उसको दुधे बच्चा चिसो सिमेन्टीको भुइँमा निदाएकी थिई ।
सुनिताले अड्कल काटी– दिनभर आमाको खोजीमा रुँदारुँदा थाकेर ओछ्यान छोडेर सिमेन्टीको भुइँमा निदाइ होली ।” यो आजको मात्र होइन, सधैँको नियति थियो ।
सुनिताको मन कटक्क दुख्यो । आमा भएर दिनभर दुधे बच्चालाई यसरी एक्लै छोडेर हिँड्नु परेकोमा आत्मग्लानी भयो । तर ऊ सँग विकल्प पनि त थिएन ।
मातृत्व सल्बलायो । सिमेण्टमा निदाएको बच्चालाई उठाई र खोकिलामा च्यापी । दिनभरि आफैँले गरेको दिसा र पिसाबमा लत्पतिएर बच्चाको शरीर त ल्यापक्कै रहेछ ।
बच्चाको भिजेको कपडा खोलेर अर्को कपडा लगाइदिई । अनि काखमा राखेर दुध खुवाउँदै उसले सोची– “मेरो कोख किन बाँझो भएन । बरु बाँझी भएको भए कम्तिमा यो दुधे बालकको यस्तो हविगत बनाएर हिँड्ने पाप त मैले गर्नुपर्ने थिएन ।”
सुनिताले आफ्नो जन्मलाई धिक्कारी, आफ्नो फुटेको कर्मलाई धिक्कारी, आफ्नो विवशता र बाध्यतालाई धिक्कारी र आफैँले आफैँलाई धिक्कारीे ।
…………………………

सूदुरपश्चिम अछामको एउटा गाउँमा सुनिता निम्नवर्गीय परिवारमा जन्मेकी थिई । निम्न वर्गकै भए पनि सुनितालाई उसका बा आमाले नजिकैको स्कुलमा हालिदिएका थिए ।
त्यसबेला सुनिता कक्षा ९ मा पढ्थी । पढ्नमा राम्रै थिई । शरीर पनि सानै उमेरमा खाइलाग्दो थियो । देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । सुनितालाई युद्धमा लाग्न र भूमिगत हुन सशस्त्र समूहबाट पटकपटक दबाब दिइएको थियो । तर उसको ध्यान दिउँसो पढाइमा र बिहान बेलुका घरको काममा बाहेक अन्यन्त्र थिएन । युद्धको दबाबलाई सुनिताले टेरपुच्छर लगाएकी थिइन । तर एक दिन साँझमा ५÷७ जनाको बन्दुकधारी जत्था उसको घरमा आयो र उसको परिवारलाई धम्क्याएर सुनितालाई जबर्जस्ती जंगलतिर लिएर गयो ।
सुनिता नचाहँदा नचाहँदै युद्धमोर्चामा पुगी । युद्धमोर्चामा पुगेपछि सुनिताको नाम ‘कमरेड ज्वाला’ भयो । ज्वाला अर्थात् सत्रुलाई जलाएर सखाप पार्ने आगोको ज्वाला ।
वर्गसत्रुलाई क्रान्तिको ज्वालाले जलाएर सखाप पार्ने अठोट बोकेर कमरेड ज्वाला लडाकु बनी । कयौँ युद्धमोर्चामा लडी । कयौँपटक अरुलाई घाइते बनाई । कयौँपटक आफैँ घाइते भई ।
युद्धमोर्चामा लड्दालड्दै बज्र उपनाम भएको पुरुष लडाकुको आँखा उमाथि प¥यो । बज्र उर्फ वर्गसत्रुले जतिसुकै प्रहार गरे पनि बज्र झैँ अडिग रहने । अनि बज्रले हानेपछि वर्गसत्रु पुरै सोतर हुने । कमरेडद्वय बज्र र ज्वालाको एक अर्काप्रतिको आकर्षणले वर्ष गाँठ बिताइसकेको थियो । नारी मन न हो सुनिता पनि बज्रसँग पग्लिसकेकी थिई । दुवैले पार्टी कमाण्डरसँग कुरा राखे । कमाण्डरले तोकेको विधिविधानअनुसार कमरेड ज्वालाको कमरेड बज्रसँग जनवादी नामको राजनीतिक विवाह भयो । कमरेड बज्र र कमरेड ज्वालाले विवाहपश्चात पनि केही समय एउटै मोर्चामा रहेर काम गरे । तर केही समयपश्चात् पार्टीले कमरेड बज्रलाई युद्धको पूर्वी मोर्चामा र कमरेड ज्वालालाई मध्यकमाण्डमा खटायो । सूदुरपश्चिमबाट बज्र र ज्वाला दुवैजना एकै दिन कहिल्यै नटेकेको र नदेखेको ठाउँतिर हानिए । अनन्त यात्रामा, तर एक्ला एक्लै ।
त्यसपछि कमरेड बज्र र कमरेड ज्वालाको कहिल्यै भेट भएन । कमरेड ज्वालाले एकदिन सुनी– “कमरेड बज्रले युद्धमोर्चामा सहादत प्राप्त ग¥यो ।” पूर्वको कुनै जिल्ला हान्न जाँदा सेनाको गोली लागि कमरेड बज्रको मृत्यु भएको अपुष्ट समाचार आयो । कमरेड बज्रको सहादतको खबर सुनेर कमरेड ज्वालालाई आकाश खसेर आँफूलाई थिचेजस्तो भयो । शाहदत प्राप्त गरेको व्यक्तिको नाममा आँखाबाट आँसु झार्ने छुट युद्ध मोर्चामा थिएन । त्यसैले कमरेड ज्वालाले मनमनै आँसु खसाली । भोलिपल्ट पार्टीले आयोजना गरेको श्रद्धाञ्जली सभामा एक मिनेट मौन धारण गरी र सलामी अर्पण गरी । आफ्नो लोग्नेलाई होइन, कमरेड बज्रलाई । किन कि युद्धमोर्चामा लोग्नेको अस्तित्व थिएन, न त स्वास्नीको नै । अस्तित्व थियो त लडाकुको । मात्र लडाकुको ।
कमरेड बज्रको सहादतपछि कमरेड ज्वालालाई युद्ध मोर्चामा नबसेर घर फर्कन मन थियो । तर उसको इच्छाको त्यहाँ कुनै मूल्य थिएन । त्यहाँ त कमरेड ज्वालाले कमरेड बज्रको अधुरो सपना पूरा गर्ने कसम खानुपर्ने थियो । पार्टी कमाण्डरको निर्देशनअनुसार कमरेड ज्वालाले कमरेड बज्रका अधुरा सपना पूरा गर्ने कसम खाई ।

कमरेड ज्वाला दुस्मनलाई घुँडा टेकाएरै छोड्ने कसम खाएर युद्ध मोर्चामा पुनः डटेर काम गर्दै थिई । अकस्मात युद्धविराम भएको खबर आयो । हुन त यस्तो युद्धविराम पहिलेपहिले पनि भएको थियो । पटकपटकका अद्र्धविराम कमरेड ज्वालाले देखेकी थिई । विगतका युद्धविराम झैँ यसपटक पनि युद्धको थप रणनीति तयार गर्न र लडाकूहरुलाई खटाए बमोजिम एक ठाउँबाट अर्कोे ठाउँमा जानआउन सजिलो होस् भन्नाका लागि यो युद्धविराम हो कि भन्ने कमरेड ज्वालालाई लागेको थियो । तर यो पटकको युद्धविराम अद्र्धविराम भएन, पूर्णविराम भयो ।
युद्धविरामपश्चात् ज्वाला अब युद्धमोर्चाबाट लडाकु शिविरमा पुगी । झण्डै ४ वर्ष युद्धमोर्चामा योग्य लडाकु भएकी कमरेड ज्वाला सेना समायोजनमा भने अयोग्य ठहरिई ।
अयोग्य भन्ने शब्द सुन्नुपर्दा जिन्दगीमा सबैभन्दा नरामाइलो लाग्यो कमरेड ज्वालालाई । उसलाई अयोग्य घोषित गरिएपछि कमरेड ज्वाला नामको त्यो उपाधि फाली । लडाकु शिविरबाट बाहिर निस्की, फेरि सुनिताको रुपमा ।
सुनिताले कमरेड ज्वालाको ट्याग फाले पनि उसमाथि लागेको अयोग्यको ट्याग बाँकी नै थियो । जीवनमा लागेको जुन ट्याग ऊ हटाउन सक्दिनथी । यस्तो अयोग्य भन्ने ट्याग बोकेर उसलाई घरमा फर्किन मन लागेन । “गाउँमा साथीभाइसँग अयोग्यको ट्याग लागेको अनुहार कसरी देखाउनु ?” मनमनै लज्जित भई सुनिता । अनि अर्को गन्तव्य तय गरी । काठमाडौँ शहर ।
हो, काठमाडौँ शहर हेर्दा लाग्छ रहर । तर भोग्दा लाग्छ सबैभन्दा विकराल । यही विकराल शहरका कथाहरुमा सुनीता पात्र बन्न तयार भई । कहालिलाग्दो शहरमा उसको नातागोता कोही थिएन । युद्ध मोर्चामै काम गरेकी तर युद्धमोर्चाको बीचबाटै भागेकी एकजना जिल्लावासी दिदी शहरमा छिन् र तिनी कालीमाटीमा तरकारी व्यापार गर्छिन् रे भन्ने सूचनासम्म सुनिताले पाएकी थिर्ई । काठमाडौँ बसपार्कमा ओर्लेर सुनिता ठाउँ सोधखोज गर्दै कालीमाटी पुगी र उर्मिला नाम गरेकी ती दिदीलाई तरकारी बजारमा भेटी । उर्मिलाले केही दिन सुनितालाई आफ्नै कोठामा राखी र उर्मिलाकै डेराघरमा पल्लो कोठामा डेरा गरी बस्ने बबन दाजुलाई भनेर सुनिताको लागि काम पनि खोजीदिई, क्याविन रेष्टुरेण्टमा । काम मात्र होइन बबन दाजुले त सुनितालाई बस्ने कोठा पनि खोजिदियो ।
बबनले सुनीतालाई कोठा त खोजिदियो तर छुट्टै कोठा लिएर बसेको केही दिनमै चकमन्न मध्यरातमा आएर बबनले सुनितालाई बलात्कार ग¥यो । प्रतिकार गर्न खोजे पनि बबनका पाखुरासँग जुध्नु सुनिताका लागि हात्तीसँग जुध्नु बराबर भयो । लड्न नसकेपछि सुनिता चिच्याउन आँटेकी थिई, तर सुनिताको मुखमा बबनले कपडा कोचिदियो । अन्ततः केही नलागेपछि सुनिताले बबनलाई शरीर छोडीदिई । इच्छाअनुसारको सबै गरेर बबन कोठाबाट निस्क्यो ।
भोलिपल्ट बिहान बबनले गरेको सबै कुकर्म उर्मिला दिदीलाई भन्छु भनेर सुनिता उर्मिलाकहाँ गई । तर सुनिताले उर्मिलालाई भन्नु भन्दा अगाडि नै थाहा पाई कि बबन त दुई दिन अगाडि नै कोठा सरिसकेछ । बबन कता स¥योे उर्मिलालाई नै थाहा थिएन ।

बबन गायब भएको थाहा पाएपछि सुीनताले उर्मिलालाई केही भनिन । रातीको घटनालाई दुर्घटना बुझेर सधैँका लागि बिर्सने निधो गरी । तर विधिको विडम्बना जुन कुरा बिर्सन खोजिन्छ, त्यही कुरा कहिल्यै नबिर्सने सम्झना बनेर आउँछ । सुनिता गर्भवती भइछे ।
सुनिताको एकमनले लाग्यो– “यो पाप कर्मको निशानीलाई सधैँको लािग मेटाइदिउँ । गर्भपतन गरिदिउँ ।” फेरि अर्को मनले सोची– “बबनको कुकर्ममा उसको पेटमा आएको बच्चाको के दोश ?” उसले बच्चा पाउने निधो गरी ।
सुनिताले बबनको बलात्कारबाट रहन गएको बच्चा जन्मार्ई । बच्चा नजन्मेसम्म एक पेट थियो । अब आहारा खोज्ने दुई पेट भैसकेको थियो । आहाराको लागि झनै धेरै काम गर्नैपथ्र्यो । बच्चा जन्मेको एकमहिनासम्म त सुनिता काममा गईन, तर काममा नगए पेट भरिने थिएन । बच्चालाई दिनभरी कोठामा थुनेर काम गर्न जान थाली । बन्द कोठमा दिनभरि बच्चा रुन्थ्यो, थाक्थ्यो र निदाउँथ्यो । यो सुनिताको विगत तीन वर्षदेखिको निरन्तर जीवनयात्राको दैनिकीे थियो ।
…………. …..

बच्चालाई दुध खुवाउँदै गर्दा सुनिताले आफ्नो विगत सम्झी– “विगतको त्यो कालखण्डले उसको जिन्दगीलाई फेरि झस्कायो । देश बदल्ने नामको युद्धले उसको जिन्दगीलाई बदलेर नरकमा धकेलिदियोे । उसको लोग्ने ऊर्फ कमरेड बज्रको प्यारमा लुटपुटिन नपाई बज्रको मृत्यु भयो । चलनचल्तीको भाषामा ऊ विधवा भई । वर्गसत्रुलाई सखाप पार्ने मोर्चामा सबैभन्दा योग्य मानिएकी लडाकुलाई युएनको सेना समायोजन टोलीले अयोग्यको बिल्ला भिराइदियो । सबै बिर्सन काडमाडौँ पसेकी उसलाई बबनले कहिल्यै नबिर्सने दाग लगाइदिएर गयो ।”
सुनिता फेरि वर्तमानमा आई । बच्चालाई दुध खुवाउँदै गर्दा सुनिताले अंगे्रजी भाषामा गेष्ट नामधारी नारीको शरीरको मासु लुछ्ने ग्राहकहरुलाई सम्झी– “आज दिनभरि आएकामध्ये अन्तिममा आएको ग्राहकलाई उसले अलि बढी नै सम्झी । बाक्लै आउने ग्राहकभन्दा पनि उसको हिंस्रक शैलीले गर्दा उसको त्यो कुरुप अनुहार सुनिताको अनुहारमा आएर पटकपटक ठोकियो । दिगमिग लाग्यो सुनितालाई त्यो अनुहार । जति नै दिममिग लागे पनि सुनिताले त्यसको यौन उन्मादलाई रित्याइदिएकी थिई । तर रहरले होइन बाध्यताले । एउटा प्राणीको पेट भर्न अर्को प्राणीको उन्माद रित्त्याईदिनु सुनिताको बाध्यता थियो ।
सुनिताले आफैँले आफैँलाई प्रश्न गरी । कस्तो जिन्दगी मेरो ?” निरुत्तर भई । आफ्नो जिन्दगीको सबैभन्दा कुरुप चित्र उसको अगाडि नाच्न थाल्यो । सायद यो कुरुप चित्र अब कहिल्यै सुन्दर हुँदैन ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest