कथा-अन्यन्रिन्त साँझ…

Wednesday, January 6th, 2021


मानिहरूको समूह , एउटा बस्तीको कुनामा जम्मा भएका थिए। गोधुली साँझमा बस्तीका मानिहरू बास बस्न हतारिदै थिए। पर पर सम्म अस्ताउन आटेको घामका किरणहरू धमिलो हुदै जादै थियो। धर्तीले बिस्तारै जुनलाई स्वागत गर्न आतुर थियो। मानिसहरू बिचार सून्य थिए। बस्तीको एकान्तमा कुरूप नारीको ठूलो आवाजले एका एक मान्छेहरूको एकाग्रता भंग भयो। “ मारे मेरो लोग्नेलाई मारे” । यो समाज , यो देश र यहाँका मान्छेहरूले मारे …।“ मलाई पनि मार भन्दै मान्छेहरूको भिड हटाउदै चिच्याउन थालिन । मान्छेहरू मुखामुख गर्न थाले। बोली कसैको फुटेको थिएन। सबै जसो अलमल्लमा परेका थिए। अचानक पुलिसको गाडी साईरन बजाउदै आयो। सबैको ध्यान पुलिसको गाडी तर्फ गयो। भिड हटाउदै एक हूल पुलिसहरू अघि बड्दै गर्दा ती नारीले रोक्न खोजिन, तर अह सकिन । एउटा मान्छेको आकृति भए तिर भिड पातलिदै जादै थियो । माटाको घर , घरका पछाडी लत्ता कपडाहरू झुण्डीएका थिए। गुम्बाका ध्वाजा झै हावामा फर्फराई रहेका थिए। खमारीको रूखमा झुण्डीएको मान्छेले वातावरणलाई सून्य त स्तव्द बनाएको थियो। पुलिसहरू त्यहि मान्छे नजिकै गएर नियाल्न थाले। साँझमा चिसो हावाले बिस्तरै छुदै जादै थियो। सबैका मुटु ढक्क फुलेको थियो। कसैले चिनेजानेको कुरा गरेनन। अं साच्ची ! भिडबाट एक जना बोले। “ अस्ती भर्खर मात्रा मैले यो मान्छेलाई बस्तीमा देखेको। आज झुण्डिएछ। बिचरा !दुस्खै लुकायो। बौलाह झै लाग्थो। एक्लै बोल्थो, पुलिसको सोधपुछ सुरू भयो। कुरूप नारीको लोग्ने रहेछ। एकै छिनमा ती नारी पनि भिडबाट बिलिन भईन। लासलाई पोस्टमार्टमको लागि लगियो।
लासको गोजीबाट कागजमा लेखिएको यो कहानी यहाँहरू माझ बाड्दै छु। यस्तो छ कहानीः

एउटा पातलो सिरक घुडा देखि खुट्टा सम्म लत्रेको थियो। तकियाको आड लागेर कोठाको भित्तामा टोलाईरहेका थिए ।। जिवनका रेखाहरू अनुहारमा सल्वलाईरहेकाथिए। हातका नसाहरू पातलो छाला बाट प्रष्टै देखिन्थो। गम्भीर प्रतिमा जस्तो निश्व्रत मौन शालिक झै लाग्ने उनको आकृति भित्तामा धमिलो थियो। बत्तीको प्रकाश मधुरो थियो तर उनको अनुहरामा भने चमक पट्क्कै थिएन। म ढोकामै ठिगं उभिएको थिए। म उभिएको देखेर भाईको छोरी ओठमा हासो बटुल्दै दगुरेर मेरो छेउमा आईन् । मैले गोजी बाट दुईंटा केक पप निकालेर दिदै बोले” यो तिम्रो लागि हो , अर्को बहिनीलाई दिनु। उनको खुसीले भरिएको अनुहारमा सुन्दरताको लेप पोखियो। फनक्क फर्किन र “ ठुलो बा ११ भनिन्। मेरो हल्लीरहेको दृष्टि एकाएक भंग भयो। कौतूहल पूर्व हतारहतारमा नै मेरो परिचय दिए र गोडामा शिर राखे। म हडबडाउदै भित्तामा अडेस लागेर उभिए। दशैको बेला थियो। रमझम खासै थिएन। देशले शान्ती र शुबेवस्थाको कायम गर्न सकीरहेको थिएन। देश के भन्नु संसार नै आतिएको थियो। बर्षौ पछि बल्ल भेट हुदा भक्कानिदो रहेछ मन। हर्षले शरिर फुलेको थियो। गमपक्क परेर मैले मेरो धर्म निभाए।

उहाँले मेरो परिचय पाए पछि भित्ताबाट आफ्नो शरिर तनक्क तन्काएर अनुहारलाई आपतिजनक भाव दिदै बोल्न थाले (“के कामले आईस ?” उनको असाहय बोलीले मेरो कान चिर्यियो। लत्रेको सिरक कुममा राख्दै थपे(“ मेरो चेतना र धर्म भत्काउन फेरी किन ।।आईस ? थर्थरिदै गरेका ओठ कलेटी परेका थिए।
म बस्न खोज्दै थिए ।। तर बसेको भने थिईन। ।उनको तिखो प्रहारले मेरो सास रोकियो। बस्ने आटै गरिन। बस ..! भनेर मर्जी पनि भएको थिएन। रवाफिलो स्वरमा फेरी थपे (“ यहाँबाट जा, “!गईहाल..! । म फिक्का हुदै बिस्तारै सास भित्र बाहिर लिदै थिए। म संग अतित र वर्तमानको अस्तित्वमा मौनता भन्दा अरू केहि बाकी थिएन। बाकी थियो त , एउटा खाली सम्बन्ध, रित्तो सम्बन्ध।.., फुटेको सम्बन्ध…अनि समाप्तिको तितो सम्बन्ध।मौनताले सबै कुरा बोल्छ भन्छन। म न्यानोपन खोज्दै थिए। अहं ! स्नेह पट्क्कै थिएन। सम्बन्धले म छोरा अनि उहा मेरो बाउ। बिगतको तितो , समय संगै सकिदै जानु पर्ने हो तर समय झन बलियो भएर उभियो। सायद बाबु छोरा बिच समझदारी भएको थिएन होला। मैले बुझ्न सकिन। म यात्रा बदल्न सक्दिन थिए। यात्रा बदल्नु भनेको दुर्घटना थियो। फेरी मैले उहाको मन नै भाचिने गरि तेस्तो केहि काम गरेको पनि थिईन। म जुन कुरा सोचेर गएको थिए , परिस्थिति ठिक उल्टो भईदियो। मैले भेटिन सम्बन्धका चिनाहरू, छोराले बाउ भेटेनन्। एक पछि अर्को गर्दै झटारो थाप्लोमा असिना झै बर्सिन थालो। गल्ती मेरो बिबाह र नास्तिकवादी थियो। खानदान , कुलघराण मिलेन रे अझ .. जातको कुराले गर्दा घर निकाला गरिदिनु भएको थियो।हिन्दु संस्कार र परम्पराको गहिरो मर्यादामा हुनुहुन्थो। म अलिक आधुनिक र भौतिकवादी थिए। हुन त म बिहे नगरे पनि यो घर छोड्न सक्थे तर मेरो लागि यो घर मात्रा थिएन , मेरो हिर्दयको खुसी , बालपनका यादहरू र ममतामयी आमा पनि हुनुहुन्थो। मैले तेसो गर्न चाहिन। बिबाह बाहाना बनेर आयो र म गलत्यिए। मेरो मुखले पानीको आशा गरिरहेको थियो।

 

ओठ सुकेर फुस्रिएका थिए। शालिन र शान्त भावमा शब्दहरू बाहिर निस्के। “ जसरी बिहानिको घामको किरण न्यानो हुन्छ अनि क्रमशस् दिउसो हुदै जादा त्यही घामले हामिलाइ पोल्छ हैन र रु फेरि साँझ पर्दै जादा तेहि घाम फेरी हराउछ। अनि आशाको नौलौ सपना बोकेर भोलीको प्रतिक्षामा बस्छौ। थाहा छ बुबा…! “ भोली हुन्छ कि हुदैन कसैलाई थाहा छैन। यस्तै हो हाम्रो जीवन, हैन र , फेरी यो घमण्ड के को लागि रु मैले त हजुरबाट थोरै मुस्कान र सामीप्य मागेको मात्रा त थिए। तेत्ती त मेरो हक बन्नु पर्ने होईन र रु बुबा १ म बर्षौ देखि एक दम गहरूगो भारी बोकेर हिडिरहेको छु। छटपटी र निराशले सास फेर्न गार्हो भईरेको छ। यसबाट पन्छिने कयौ कोसिस पनि नगरेको होईन तर विवस र लाचार भएर आफ्नै मुटुले अकल्पनीय रूपले निमोट्न सुरू गर्दैछ बिस्तारै बिस्तरै। म के गरू…? मेरो आँखा आगाडी परिवार र हजुरको मात्रा तस्वीर फनफनी घुम्छ त म के गरू…? यसबाट बच्न एउटा भित्ताको कुनामा लुकेर।। आफूले आफैलाई छलेर निस्कपटक अन्धकारमा घण्टौ सम्म बस्दा पनि स्वयंमा….. म कोही होईन जस्तो लाग्छ। दृष्टि वरिपरि घुम्छ तर म फगत एक्लो पाउछु। के म हजुरको सन्तान होईन र रु सन्तान! शब्दले उहालाई घोचेछ। बसेको ठाउबाट उठ्न खोज्नु भयो। एउटा हातले भित्तामा अडेस लगाएर उठ्दै गर्दा फेरी थचक्क बस्नु भयो। मैले छेउमै गएर उठान खोजे। मेरा हातहरू अघि बड्न नपाउदै ठूलो स्वरमा कराउनु भयो। “ नछो …! नछो मलाई… ! कुजातमा लतपतिएको तेरो शरिर मेरो घरबाट बाहिर निकाली हाल। बाउको ठूलो आवाज आमाको कान सम्म पुगेछ। आमा किचनबाट दगुरेर आउनु भयो। भक्कानेर आमालाई गल्यम्म अंगालेछु। आमाले असहज महसुस गर्नु भयो। घमिलेका आँखाहरू कति बेला रसाएछन, पत्तै पाईन। ओठहरू बर्बराउन थाले। आमाले मायाको भाव देखाउनु भयो। आमा मलाई थाहा १ छ १, गल्ती भयो तर पनि सन्तान त हो नि रु के मेरो माया लाग्दैन बाबालाईरु छटपटी र रन्थनेको मुटु बोकेर कति जेल बाचुरु म स्वतन्त्र छैन , पटक्कै छैन किन कि मेरा जिवनका रेखा र बाटाहरू अलग(अलग भएर छुट्टिदैछन। मेरो आनन्द र मेरो सुख यी मान्छेहरूले खोसी रहेछन।

यो समाज र यी मान्छेहरूले मलाई लुछीरहेका छन। यो कमजोर र अस्तित्व बिहिन परिचयले म किचिएको छु। मेरा सपनाहरू सुन्दर थिए तर थाहा छ आमा .. भविष्य र यथार्थ देखि एक दम डर लागिराछ। ठूलो भएर संसारलाई चिनाउछु भन्थे। ठूलो हुनु भनेको त बोझ हुनु रहेछ। मेरो चेतना नै मेरो लागि बोझ भईरहेको छ यति बेला। म मर्न पनि सक्दिन। त्यसो गर्नु कायरता र हिनताबोधक पनि हो। यति कलिलो उमेरमा जिम्मेवार बिर्सेर बौलाहाउन पनि सक्दिन। म बग्न चाहन्छु खोला झै … सबै बिर्सिएर … मेरो अवस्था यस्तै हुदै गयो भने म बौलाहुन सक्छु आमा… भत्किन सक्छु ! यदि तेसो भयो भने जिवनको बोझले आफूले आफैलाई समाप्ति गर्छु। त्यो परम शान्तिमा लिन हुन्छु। समाप्तिको कुरा सकिन नपाउदै आमाले मुख थुनी दिनु भयो। एकोहोरो मलाई हेर्दै गर्दा अनुहरामा मलिन भावहरू प्रकट भए। जुरूक्क उठेर भित्र जानु भयो। मेरो आखाहरू झ्याल बाहिरको सुन्दरतामा टोलाईरहे। म संगै हुर्किएको कुकुरले मलाई टुलुटुलु हेर्दै थियो। मेरो अभावको महसूस गर्यो क्यारे। “ त कति भाग्यमानी रहेछ” मन मनै भने। कम्तीमा परिवार संग त बसेको छेस। म फगत पागल… यस्तै छ मेरो हाल। नसोध मेरो कहानी…१ सायद मेरो भाव बुझेछ क्यारे , पुछ्छर हल्लाउदै मेरो नजर बाट बिलिन भयो। म पनि हराईदिए यो घरबाट। आकाश बाट बर्सेको पानीले बिदाई गर्दै थियो। पानी संगै मेरो आँसुको थोपा पनि मिसिएर बगे। मनमा अनेक थरी कुराहरू आईरह्यो। समाज , मान्छे र जातको कुराले बाउ र छोराको सम्बन्ध नै टुक्रियो। मेरो बुझाई जात श्रृष्टि कर्ताले बनाएको होइन,समाजले बनाएको हो, यस्को ईतीश्री समाजबाटै हुनु पर्छ। हामी जस्ता बर्गले समाजमा क्रान्ति गर्नु पर्छ। मेरो बुबा आदर्श र चिन्तनवादी थिए। आदर्शका मालिकहरू ब्यवहारका दास हुँदा रहेछन्। मेरो बिश्वास डुब्यो। मेरो भरोसा टुट्यो। अब त घर सम्झिदा पनि डर लाग्छ। त्यो घर मेरो लागि घर होईन। भौतिक सुबिधाले कहा मानिस सम्पन्न छ र रु सत्यता र सुन्दरता खोज्दै दुनियाँमा घुमे तर आफू भित्र सत्यता चिन्ने क्षमता र सकारात्मक दृष्टिकोण काही भेटिन। म मौसम र समय संगै बग्न थाले। चाहेर पनि आफूले आफूलाई रोक्न सकिन ।
समय र म आफ्नै गतिमा दौडिन थाल्यौ। समयले जित्दै गयो , म हार्दै गए। अन्नन्त ड्ग्समा आएर जिवन रोकियो।सुरू सुरूमा सिग्रेट मात्रा तान्थे। बिस्तारै बिस्तारै इन्जेक्शन पनि हान्न थाले। एक्लोपनलाई बिर्सन, जिवनका रंगहरूलाई फर्काउन नसा मेरो लागि सबै भन्दा प्रिय चिज बन्दै गयो। पिडाहरू हिंस्रक जनवारहरू झै आएर चिथोर्थेर जान्थे.. म मौन संवाद गर्थे। फगत एक्लै हुन्थे। दिन रात नसाको खोजीमा भौतारिदै गर्दा अर्को पनि दिन छ भनेर बिर्सेन्थे। बिचरा मेरो जिवनका रहरहरू अनि सपना…. मैले थाह नै पाईन , श्रीमतीलाई पनि नसाको लत लागि सकेछ। एक दिन बिहानीको शितको थोपहरू संगै हावाले मन्द मन्द छुदै थियो। हामी भने एउटा नया वस्तीमा आईपुगेका थियौ। मुखबाट निस्केको धुवाँ घामका किरणमा वादल झै मडारिदै थियो। हामी कैदी झै डराएर नसा सेवनमा मस्त थियौ। अनुहारका रंग उडेर फिक्का थिए। मेरा काला आँखाहरूले वरिपरिका वस्तुहरू आगोले जलिरहेको देख्न थाल्यो। दनदन दन्केको आगोमा सुन्दर बोटबिरूवाहरू र घरहरू जल्दै थिए। म एक्कासी चिच्याएछु। आगो….आगो….मेरो आवाजले एउटा मान्छे टक्क अडियो। आँखा वरिपरि डुलाउदै पलाक्क पुलुक्क हेर्दै बोल्यो “( मान्छे त भर्खरकै देखिन्छ , बिचरा सानो उमेरमै बौलाएछ। फेरी म सून्य भए। एकान्त छ जस्तो लाग्न थाल्यो। मेरो नजर अन्जान एकान्तमा कतै अल्झिरहेको जस्तो भान हुन थाल्यो। झट्ट सम्झे मेरा बा…लाई। बा..लाई सम्झन बितिक्कै आसुहरू खसी हाले। भावनहरू बटुलेर भेट्न जान्छु भन्ने लाग्यो तर बारम्बार आईरह्यो तेहि शब्दहरू….!त मेरो लागि मरिस!!!!उफ!!!! हरेक प्रश्नहरू बिच मन दोडीरहदा बेलुका हुदै थियो। मेरो प्रेम, परिवार र मान्छेहरूमा अल्पविराम लाग्दै जान थाले ।प्रकाश र अन्धकार छुट्याउन एकदम गार्हो भयो। अस्ताउन लागेको यो साँझमा मेरो बादलको आकार खोज्दै आकाश माथि माथि जाने निर्णय गरे। जानु भन्दा पहिला आमा र बा।। लाई मन भरि राखे।यसरी राखे , कहिले नमिटिने गरि राखे। साच्चै ? बा…. भोगाईहरूको अभिव्यक्ति नै त रहेछ जिवन । हरेक मानिसहरूको आ(आफ्नै अनुभूतिहरू हुन्छन र श्रृंखलाहरू बन्दै जान्छन। यिनै श्रृंखलाहरूको रूप हो कथा ,जिवनको कथा , अनि बन्छ आफ्नै कथा…… अलविदा !!!!

-रमेश दियाली

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest