कदम कदममा साथ दिए नरेन्द्रले कमलालाई

Tuesday, March 6th, 2018

सौन्दर्य पेशालाई विगत लामो समयदेखि अँगाल्दै आएकी व्यूटीसियन कमला श्रेष्ठ सानैदेखि निडर स्वभावकी थिइन् । पहिलो बाइक राइडरका साथै पहिलो कराँते खेलाडीको रुपमा पनि आफ्नो परिचय बनाएकी छन् उनले । आफुलाई कुनै पनि काम गर्छु भनेपछि त्यो काम नगरी नछाड्ने उनको स्वभाब छ । निकै राम्री बन्नुपर्ने कमलाको स्वभाव । उता उनका जीवनसाथी नरेन्द्रबहादुर श्रेष्ठ तत्कालिन वरिष्ठ वन अधिकृत थिए । चार दशक बढी यात्रा गरेका यी जोडीको प्रेमकहानी थाहा पाउनेलाई लाग्छ जीवनसाथी भनेको यस्तो पो हुनुपर्छ, एकले अर्कालाई कदम कदममा साथ दिने । कोशी टाप्पुकी कमला क्षेत्रीकी छोरी अनि काठमाडौका नरेन्द्र नेवार परिवारका छोरा त्यसमा मागी विवाह संभव थिएन । अहिलेको जस्तो सहज वातावरण थिएन अन्तरजातीय विवाहका लागि, समाजले सहजरुपमा स्वीकार्ने अवस्था थिएन । वनका जागिरे नरेन्द्र पहिलोपटक काठमाडौंबाट सरुवा भएर विराटनगरमा पोष्टिङ् भएका थिए । उनको ड्युटी भने कोशी टप्पुमा हुन्थ्यो, जहाँ कमलाको घर थियो । नरेन्द्रको बसाई पनि त्यतै थियो । कमला धरानमा बसेर पढ्ने गर्थिन् । गर्मी बिदा लामो हुने भएकाले उनी गर्मी बिदा मनाउन भनेर घर जाँदा बाटोबाट कमलाको साथीको घरमा हिरो जस्तै भएर बसेको देखेकी थिइन् नरेन्द्रलाई । नरेन्द्रलाई भने त्यत्ति नै वेला को केटी रहिछ मान्छे त साह्रै राम्री छ तर उमेर चाहिँ सानै रहिछ भन्ने लाग्यो । मनमा योसंग विहे गर्न पाए हुन्थ्यो भन्ने लागि सकेको थियो । उता कमलाको आँखामा पनि नरेन्द्र मन नपरेका होइनन्, पहिलो पटक देख्दैमा उनी लोभिएकी थिइन् नरेन्द्रप्रति । कमलाले पनि सोच्ने गर्थिन्, गाउँमा यत्ति हेन्डसम् केटा को आएछ । उनको मनमा कौतुहलता भइरहन्थ्यो । उनीहरु बस्ने गाउँ पनि एउटै भएकाले विस्तारै विस्तारै दुइजना नजिकिँदै गएका थिए, पहिलोपटक नरेन्द्रलाई भेट्दा कमला भने १३ वर्षकीमात्रै थिइन् भने नरेन्द्र २७ वर्षका थिए । एकअर्कामा आकर्षण बढेता पनि यो जोडी नजिकिएर खुलम खुल्ला हिँड्नसक्ने अवस्थामा थिएनन् । कमला १३ वर्ष पुगेपछि पहिलोपटक महिनाबारी भइन् । त्यो समयमा पहिलोपटक महिनाबारी हँुदा घरबाट टाढा राख्ने प्रचलन थियो र कमलालाइ पनि नजिकैको छिमेकीको घरमा राख्ने निर्णय भयो । नरेन्द्रलाई भने के खोज्छस् काँनो अाँखा भने जस्तै भयो किनकी नरेन्द्रको अफिस जुन घरमा राखिएको थियो,कमलालाई पनि त्यही घरमा राखियो, जसले गर्दा दुबैले अझ नजिक हुन पाए ।   पछि कमला भने पुनः पढ्न धरान गइन् र नरेन्द्रले पनि त्यसपछि कमलालाई फलो गर्न थाले । कमलाको शुक्रबार हाफ छुट्टी हुन्थ्यो र नरेन्द्र पनि उनलाई भेट्न प्रायः शुक्रबार धरान कमलाको स्कूल नजिक पुग्थे । यिनीहरुको भेट्ने ठाउँ थियो धरान होटल, जहाँ नरेन्द्र र कमला चिया, कफी खाने र कहिले काहीँ फिल्मसमेत हेर्न जोगबनी फर्बिसगंजसम्म जान्थे । एकदिन कमला आफ्नो दाइलाई भेट्ने निहूँमा उनी नरेन्द्रलाई भेट्न गइन् र उनीहरु त्यहीँबाट फिल्म हेर्न फर्बिसगंज गए । त्यत्तिबेला उनका दाई विराटनगरमा पढ्न बसेका थिए । नरेन्द्रको रसियन जीप थियो, फर्किदा गाडी बिग्रिएर राती भयो । कमलालाई भने दाइकोमा जानु थियो जसरी पनि तर उनी त्यस दिन जान सकिनन् । तेस समयबाट कमलाको मन जितेका थिए ।  जीवनभर विश्वास गर्नसक्ने वातावरण सिर्जना गरेका थिए । कमलालाई त्यहि बेला जीवन विताउनको लागि परफेक्ट मानिस लागेको थियो नरेन्द्र । कमला भने भोलिपल्टमात्र दाइकोमा पुगिन् र भेटघाट गरिन् । दाइले उनलाई सोधे तिमीलाई त हिजो रिक्सामा देखेको थिएँ, अहिले आयौ ?कमलाले भनिन होइन, म त बिहान फस्ट गाडी चढेर आएको,उनले ढाँटिन् । उनी भन्छिन्–दाइलाई विश्वास लागेन, शंका लागेर म पु¥याउन जान्छु भनेर दाई मलाई धरान पु¥याउन जानुभयो । कमला पनि के कम आइडिया लगाइन् र आफ्नो ठूलो बुबाकी बुहारी जहाँ उनी बसेर पढ्थिन्, उनलाई भनिन्–भाउजू, दाइले सोध्नुभयो भने बिहान गएकी हो भनेर भनिदिनु ल । जब दाइले सोध्नुभयो, भाउजुले पनि बिहान गएकी हुन् भनेर भन्नुभयो । यसरी करिब दुइवर्ष बिताएका यी जोडीले पछि विहे गर्ने निर्णय गरे । नरेन्द्रले पनि कार्ड छापेर आफ्नो बुबाको नाममा पठाए । विहे गर्दैछु कोही आउने भए आउनु भनेर तर नरेन्द्रको घरतर्फबाट विहेमा कोही पनि आएनन् । असारमा विवाह गरेका नरेन्द्रले दशैंमामात्र आफ्नो घर अर्थात् काठमाडांै ल्याए, जुनबेला कमलामात्र आठ कक्षामा पढ्थिन् र उमेरले १४ वर्षकी थिइन् । तर अन्तरजातीय विवाह भएकाले नरेन्द्रको घरमा सजिलै स्वीकार गरेनन् । उनका बाबु आमाले कमलालाई भान्सामासमेत जान दिँदैनथे
। किनकी काठमाडौंको नेवार भएको र धेरै परम्परा अँगालेकोले साह्रै गाह्रो भएको थियो । घरकी कान्छी बुहारी भएकाले कमलाको टाउकोमा कामको भारी नै थुप्रिएको थियो तर नरेन्द्रले म छु चिन्ता नगर भनेका थिए । जसले गर्दा कमला धर्य गरेर बसिन् । पढ्न पनि थालिन् । त्यसपछि नरेन्द्रको थाइल्याण्ड सरुवा मिल्यो । त्यत्तिबेला उनीहरुका दुइवटा बच्चा जन्मिसकेका थिए । भाषा नजान्ने देशमा कमलालाई पनि उनले लिएर गए, जहाँ कमलाले व्यूटीसियन तालिम लिन मौका पाइन् । नरेन्द्रले पनि किन खाली बस्ने भनेर उनलाई तालिममा लगाएका थिए । त्यसपछि उनी काठमाडौंमा आएर व्यूटीसियन पेशामै लागिन्, जुन बेला नेपालमा यस पेशाालाई नराम्रो नजरले हेरिन्थ्यो तर उनले धैर्यका साथ यसलाई निरन्तरता दिइन् । आज उनी धेरै ब्यूटीसियनलाई जन्मदिने आमा बनेकी छिन् । विभिन्न संघसंस्थाको नेतृत्वदायी भूमिकामा छिन् । कमला र नरेन्द्र भन्छन एकले अर्कोलाई सहयोग गरेमा सबैका जोडी हाम्रो जस्तै सफल हुन्छ ।
प्रस्तुति ःअनुराधा तिमिल्सिना

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest