कन्चनपुर आन्दोलनले भिषण रुप लिंदै

Thursday, August 23rd, 2018

कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या संलग्नतामा पक्राउ परेका अभियुक्त बास्तवीक नभएको भन्दै गरीएको आन्दोलनले उग्र रुप लिएको छ ।कन्चनपुर आन्दोलनले भिषण रुप लिंदै गर्दा गोली चलेको छ जसबाट एक जना घाईते भएका छन् ।  बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या आरोपमा आरोपी सार्वजनिक गरेपछि महेन्द्रनगर बजारमा सुरु भएको आन्दोलन जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको छ।

महेन्द्रनगर बजार क्षेत्रमा केन्द्रीत रहेको आन्दोलन बिहीबार बिहानैदेखि जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको हो। प्रदर्शनकारीले महेन्द्रनगर बजारसँगै सुडा, लालपुर, दैजी, झलारी र कृष्णपुर क्षेत्रमा आन्दोलन सुरु गरेका छन्। ठाउँ ठाउँमा टायर बालेर बिहानैदेखि प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका छन्। वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्ने , कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्नेलगायतका माग राखेर बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको हो।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest