कमलाको पार्लर कलंकीमा

Sunday, July 15th, 2018

अनुराधा तिमिल्सिना
काठमाण्डौ ःसानै उमेरदेखि राम्रो बन्न र बनाउन रुचाउने कमला लामिछाने अहिले सोन्दर्य क्षेत्रमा स्थापित भईसकेकी छन् । बिगत सोह्र बर्ष देखि निरन्तर रुपमा यस क्षेत्रमा लागेर उनले थुप्रै दिदी बहिनीहरुलाई सक्षम बनाइसकेकी छन् । उनी यस क्षेत्रमा प्रबेश गर्दा थोरै मात्र महिलाहरु यस क्षेत्रमा भएकाले उनले त्यति चुनौतीको समाना भने गर्नु परेन तर अहिले आएर जताततै च्याउ उम्रेझै पार्लरहरु स्थापना भइसकेका छन् ।
तीन महिनाको सामान्य कोर्ष गरेर पनि पार्लर खोल्नेको कमी छैन । तीन महिना सामान्य कोर्षहरु गरेर पार्लर खोल्नेको कुनै कमी छैन तर यो सहि होइन, यस्ता कुराहरु रोक्नुपर्छ, सौन्दर्य पेशा भनेको प्रत्यक्ष स्किन सँग काम गर्नुपर्ने भएकाले कुनै पनि हेलचक्राई नहोस् जस्तो लाग्छ उनलाई । सोह्र बर्षको लामो अनुभवलाई उनले भरखरै मात्र कलंकीको मकालु पेट्रोल पम्प स्थित नयाँ पार्लरको बिस्तार गरेकी छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest