काठमाडौ्रःकोटेश्वर सडकखण्डमा आजबाट नयाँ नियम लागू गरिएको छ ।नयाँ नियम अनुसार यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारीसाधनहरू बायाँ सर्भिस लेनबाट चलाउनु पर्नेछ । त्यस्तै निजी तथा साना सवारी साधनहरू दाहिने मुख्य लेनबाट चलाउनु पर्नेछ ।
यसअघि यो नियम कोटेश्वर(सुर्यविनायक सडक खण्डमा लागु भइसकेको छ। ठूला गाडीका कारण साना गाडी दुर्घटना पर्ने जोखिम धेरै भएकाले नयाँ लेन नियम लागू गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।देशकै पहिलो १० किमी लम्बाई भएको ८ लेनको कोटेश्वर(कलङ्की सडकखण्डमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने गरेको महाशाखाको तथ्याङ्क छ ।