कलाकारितामा समर्पित भएका जोडि माग्ने र सिता

Sunday, June 24th, 2018

हास्यव्याग्यको क्षेत्रमा चर्चित नाम हो माग्ने बुढा ।जीवनका धेरै आरोह अबरोह पारगर्दै घाम पानी सम्पूर्ण कुरालाई सहज र सहर्षरुपमा स्वीकार गर्दै अघि बढिरहेका हस्ती हुन् माग्ने बुढा । मागी विवाह गरेको यो दम्पत्तीको एक छोरा र एक छोरीसहितको सुखी परिवार छ । सिताको दाइको र केदारको भाइको विवाहमा पहिलोपटक सितालाई देखेका केदार
घिमेरेलाई पहिलो भेटमै सिता मनप¥यो ।सितालाई पनि केदारको सहनशीलता, धैर्यता र आत्मविश्वासीपनले मन छोयो । विवाहभन्दा पहिला नै तास खेलेर ससुरालाई हराएका थिए केदारले । सिताको विवाहको कुरा चल्दा को केटासँग विवाह गर्नेभन्दा पोहोर साल तास
खेल्दा हामी सबैको पैसा जितेको थियो नि उसै सँग भन्ने परिचयमार्फत चिनिएका थिए केदार । आफ्नी ठूलीआमाको छोरामार्फत सितालाई पहिलोपटक देखेका केदारलाई पहिलो पटक नै ठीक लाग्यो । विवाहको कुरा आउँदा घरपरिवारलाई देखाउँछु भनेर दाइसँग फोटोसमेत मागेका रहेछन् केदारले सिताको । तर तीनजनाको सयुक्त तस्विर पाए उनले अनि त्यो फोटोलाई एक्लै बनाएर
फ्रेममा अहिलेसम्म पनि सजाएर राखेका रहेछन् ।
विवाह बन्धनमा बाँधिएको समयमा केदारका तीनवटा टेम्पो थिए । बिहान निस्केको मान्छे बेलुका राती फर्किन्थे । नवविवाहीता महिला श्रीमान्ले आफूलाई समय दिनुपर्ने समयमा पनि केही समय नदिँदा पनि सिता अत्तालिइनन् ।

भविश्यका लागि दुःख गरेको हो भन्ने बुझेर आफूले पनि साथ र सहयोग गरिरहिन् । सबै मानिसको जीवन एउटै हो भन्ने धारणा सिताको छ । फरक यत्ति हो कलाकारका जीवन भोगाइ बाहिर आउँछ, अरुको आउँदैन । छोरा पनि धुन्दुकारीको रोलमा ख्याति कमाएको र पढाइकै कारण कलाकारितालाई बिट मारेर पढाइमा व्यस्त रहेका छन् । छोरा छोरीलाई भविश्यमा कलाकारितामा नै ल्याउने उनीहरुको सोच छैन ।
उनीहरु आफ्नो इच्छाले जे बन्छन्, त्यसमै आफूहरु पनि खुशी हुने उनीहरु बताउँछन् ।
सिताको छिटो प्रतिक्रिया दिने बानी केदारलाई मनपर्दैन । त्यस्तै सितालाई चाहिँ केदारको प्रतिक्रिया दिँदै नदिने, दिए पनि ढिला दिने बानी पटक्कै मनपर्दैन । पहिलोपटक माइली फिल्म हेरेको यो जोडीले विवाहपछि घुम्नकै लागि भनेर कतै पनि गएनन् । घुम्न जाने समय नै नभएको केदार बताउँछन् ।

२०५६ सालमा विवाह बन्धनमा बाँधिएको यो जोडी संर्घषका दिनहरु सँगसँगै हाँसी खुसी बिताएका थिए । रेडियोमा कार्यक्रम प्रस्तोता, रेडियो नाटक, सडक नाटक हँुदै
टेलिश्रृखलासम्म पुगेका घिमिरेको जीतको पक्षमा सधंैभरि एकचित्त भएर सिताले पनि साथ दिँदै गइन् । अभिनयमा अगाडि आउनकै लागि धेरै दुःख झेल्नुप¥यो उनले ।

हिजो आजको कुरा भन्ने टेलिश्रृखलामा सानो रोलमा आप्mनो अभिनय देखाएका उनी चर्चाको शिखरमा आउलान् भन्ने सोचेका थिएनन् । एकैपटक मेरी बासैमा सँगै अभिनय गरेकी सितामा पनि अभिनयको रस बसेको थियो त्यसैले सिता पनि कलाकारितामै आएकी हुन् घिमिरे बताउँछन् । उनी परिवारलाई समय दिन भ्याउँदैनन् । समय दिन नभ्याउँदा पनि सिताले कहिले समय चाहियो भनेर भन्दिनन् । दुबैजना सजक छन् परिवारलाई समय दिँदा फेरि यत्ति लामो सर्घष गरेर प्राप्त गरेको फल नै लुटिने हो कि भन्ने, उनीहरुमा चिन्ता पनि छ यसको ।
केदारले विदेशमा गएको बेला ल्याइदिएको गिफ्ट काटा साह्रै मनपरेको सिता बताउँछिन् ।
केदारले भने २ जना छोरा छोरी नै सिताले दिएको ठूलो उपहारका रुपमा लिएका छन् । श्रीमान् श्रीमतीमा उपहार आदान प्रदान गर्ने बानी छ । सितालाई केदारले ल्याएको गिफ्ट मन नपरेको भने कुनै छैन । प्रायः सपिङ् सिताले नै गर्छिन् । केदारलाई सामान किन्न आइडिया नभएर होइन, फुर्सद कम भएका कारण पनि सामान किन्ने सिता कै जिम्मा हुन्छ ।

कमाएको सबै रकम खर्च नगरी सितालाई नै दिन्छन् केदार । घुम्नकै लागि भने कहिल्यै पनि समय मिलाउँदैनन् यी दम्पत्ति । कार्यक्रमकै क्रममा घुम्ने गरेको र त्यसमा नै आफुहरु सन्तुष्ट भएको सिता बताउँछिन् । आवश्यकभन्दा बढी खर्च गर्ने बानी सिताको छैन । त्यसो त पढाइ छोडेकोमा केदार र सिता दुबैलाई पश्चाताप छ ।
केदारलाई भने आफूले कानुन विषय लिएर
पढेकोमा पनि पश्चाताप रहेछ । सितालाई पढाउने ठूलो रहर उनको पनि थियो तर काठमाडौंमा बाँच्नकै लागि मुस्किल भएको समयमा पढाइ पूरा गर्ने सोच नै आएन ।

जीवनलाई परिभाषा गर्न वास्तवमै भारी भएको केदारको ठम्याई छ । मान्छेको आफ्नो
आफ्नो विचार हुन्छ । जीवन भोगाई हो र यसको जवाफ त चितामा सुतेको मान्छेले मात्र परिभाषित गर्न सक्ने उनको धारणा छ ।
कलाकारितामा धेरै डिभोर्स भएको
पाइन्छ । केदार भन्छन्–दुबै जनाको कमी
कम्जोरीका कारण नै यस्तो हुने हो । व्यस्तताका कारण कलाकारले परिवारलाई समय दिन
पाइरहेका हुँदैनन्, त्यसैले एकले अर्कालाई
बुझ्न सकेन भने सम्बन्ध बिच्छेद हुन समय लाग्दैन । फ्यानहरुले कलाकारसँग विवाह
गरेको अवस्थामा पनि डिभोर्स हुने गरेको
भेटिन्छ ।

सम्बन्धमा पारदर्शिता र यर्थाथ भयो भने बलियो हुन्छ भन्ने धारणा दुवै जनाको छ । सितालाई
केदार घिमिरे भनेर बोलाउँदाभन्दा पनि माग्ने बुढा भनेर बोलाएको मनपर्छ । केदार भन्छन्–जन्मको नाम केदार भए पनि माग्ने बुढा कर्म नाम भएकोले र यो नामले विश्वमा परिचय दिएका कारण पनि मलाई त कर्म नामले बोलाउदा मनपर्छ ।
सुरु सुरुमा आफूलाई चिनाउन र देखाउनकै लागि बसबाट टाउको बाहिर निकाल्दै
हिँडेको स्मरण गर्दै केदारले थपे माग्ने बुढाभन्दा मेरो त मन गद्गद् हुन्छ ।
प्रस्तुति ः कृष्णा चौलागाई

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest