काठमाडौंको विकास हुन नसक्नुको मुख्य कारण मेयर र उपमेयर बिच

Wednesday, August 1st, 2018

रन्जु दर्शना
विवेकशील साझा पार्टी, अभियान प्रमुख
राजनीतिक यात्रामा रमाईरहेकी रन्जुलाई एउटै मात्र सपना थियो महानगरलाई सफा सुन्दर र भष्ट्रचार मुक्त बनाउने । स्थानिय चुनाव भएको १ वर्ष वितिसक्दा पनि पुन निमार्ण जस्ता कार्यहरु हुन नसकेको कुरा देख्दा चिन्तित छिन् उनी ।
उनी युवा वर्गमा राजनीति प्रतिको वितृष्णा बढी रहेको बेलामा राजनीतिक रुपमा सक्रिय भएकी हुन् । विवेकशील साझा पार्टीबाट स्थानिय चुनावमा काठमाडौँ नगरपालिकाको मेयर पदको लागि उम्मेवारी दिएर पनि २० हजार भोट ल्याउन सफल भएकी थिईन् जुन उत्साहजनक भोट थियो ।

देशको विकास हुन नसकेको अवस्था, राजनीतिमा महिलाको कम उपस्थिती तथा कम सहभागिता जस्ता कुराले राजनीतिमा तान्यो उनलाई । देशको सानो सानो कुरा विकास हुन नसक्नु तथा इतिहासमा पनि महिला राजनीतिमा नदेखिएको कारण उनी राजनीतिमा उदाएकी हुन् । महिलाले जे कुरामा अवसर पाए भने गर्न नसक्ने भन्ने कुरा केही छैन् भन्ने उनको बिश्वास छ । राजनीतिमा लाग्नको लागि घर परिवारबाट केही अप्ठारो नभएको बताउने उनी आर्थिक रुपमा सबल बन्नका लागि सेल रोटी व्यवसायको सञ्चालन गर्ने सोचमा रहेकी छन् ।

काठमाडौं महानगरपालिकाको अझै पनि विकास हुन नसक्नुको कारण लोेसेपन र अनावश्यक
कुरामा अल्झी रहनुलाइ मान्छिन् । साथै मेयर र उपमेयर बिच विचार नमिल्नुले पनि काम अगाडि बढ्न सकिरहेको छैन । अर्को कुरा अवैधानिक रुपमा काम गरेकालाई पनि कार्बाही गर्न नसक्नु र उल्टो
उसैलाई प्रसय दिनु जस्ता मेयरका कमजोरी प्रष्टै देख्न सकिन्छ । उनी भन्छिन् कहिले काहीँ काम गर्ने मन हुँदा हुदै पनि अल्झिने हुन्छ तर त्यसलाई जनताको सामु प्रस्टाईदिनु पर्छ । साझा र विवेकशील दुई पार्टी एक हुँदा केही केही कुरामा चर्का चर्की नपर्ने भने होईन् । आफ्नै तरिकाले चलेको पार्टी एकीकरण हुँदा फरक त परिनै हाल्छ । अझ विवेकशीलमा हामी प्राय युवा बढी थियो । हरेक कुराको निर्णय फास्ट ट्रयाकमा गर्ने गरेका थियौँ । साझा पनि यसैमा जोडिए पछि अलिकति अनुभवको हिसाबले पनि अनुभवी व्यक्तिहरु हुनुहुन्छ उहाँहरु केही कुरामा कठिन भएपनि आपसी सल्लाह समुहगत कार्य, जिम्मेवारी लिन र दिन सक्ने कार्यले गर्दा सहज भएको छ ।

भर्खरै मात्र बजेटमा महिलालाई दिएको सुविधा तथा ७० वर्ष माथि भएका वृद्धहरुलाई १ लाख सम्म स्वास्थ्य बिमा दिने, महिला तथा बालबालिकाहरुका लागि छुट्टै व्यवस्था गरेकोमा भने उनी खुसी छिन् । नीति तथा कार्यक्रम, बजेटहरु सुन्दा तथा निमार्ण गर्दा राम्रा छन् तर यसको कार्यन्वनको पाटोमा के हुने भन्ने कुरामा आम मानिस नै अन्यौलमा रहेको अवस्था छ ।युवा तथा विद्यार्थीको लागि शैक्षिक प्रमाणपत्र धितो राखेर विना ब्याज ऋण दिने भन्ने कुराहरु राखे पनि त्यसको लागि उपयुक्त नीतिको आवश्यकता रहेको उनको धारण रहेको छ । महिलाहरु अगाडी बड्न नसक्नुको कारण अवसर नपाएर र आफुले दाबि गर्न नसकेको कारण पनि हो उनी भन्छिन् ।

-कृष्णा चौलागाई

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest