काठमाडौं,महोत्तरी र कपिलवस्तु आज बल्ल खुला दिसामुक्त हुदै

Tuesday, September 17th, 2019

चक्र प्रसाद पोख्रेल
काठमाडौं ः काठमाडौंलाई आज बल्ल खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिँदै छ । राष्ट्रिय सभागृहमा दिउँसो दुई बजे औपचारिक कार्यक्रम आयोजना गरी काठमाडौं जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न लागिएको हो ।काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामात्रै खुला दिसामुक्त घोषणा हुन बाँकी थियो । अरु धेरै जिल्ला खुला दिसामुक्त भइसक्दा पनि ‘स्मार्ट सिटी’ बनाउने भनिएको राजधानी काठमाडौं नै खुला दिसामुक्त नहुनु लज्जाको विषय बनेको थियो ।काठमाडौं उपत्यकाको भक्तपुरलाई २०७० साल कात्तिकमा र ललितपुरलाई २०७५ जेठमा खुला दिसामुक्त घोषणा गरिएको थियो । नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला भने कास्की हो । कास्कीलाई २०६८ असार १० गते नै खुला दिसामुक्त घोषणा गरिएको थियो । काठमाडौंमा अझै पनि सार्वजनिक शौचालय व्यवस्थित नभएकाले खुला दिसामुक्त घोषणा कार्यान्वयन हुनेमा शंका छ ।

त्यसैगरी आजै महोत्तरी र कपिलवस्तु पनि खुल्ला दिसा मुक्त हुदै

यसैबीच आजै काठमाडौंसहित महोत्तरी र कपिलवस्तु जिल्लालाई पनि खुला दिसामुक्त घोषणा गर्न लागिएको छ । काठमाडौं, महात्तेरी र कपिलवस्तु गरी तीन जिल्लालाई एकै दिन खुला दिसामुक्त घोषणा गर्न लागिएको यो पहिलो पटक हो ।
सरकारले २०७६र७७ लाई लुम्बिनी भ्रमण वर्ष मनाउने तयारी गरिहँदा कपिलवस्तु जिल्ला पनि आजमात्र खुल्ला दिसामुक्त घोषणा हुन लागेको हो ।सरकारले सरसफाइ गुरुयोजना २०६८ लागू गरेर खुला दिसामुक्त अभियान सुरु गरेको थियो । सरसफाइ गुरुयोजनाअनुसार ‘खुल्ला दिसामुक्त भन्नाले खुल्ला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको अवस्थाले (चर्पीमा) खुल्ला दिसामुक्त जनाउँदछ । तर ढक्कन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यस अवस्थाले चाहिँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछ ।’

असोज १३ गत्ते सरकारले नेपाललाई खुल्ला दिसा मुक्त घोषण गर्दै
सरकारले यही असोज १३ गते राजधानिको राष्टिय सभागृहमा एक भव्य कार्यक्रम गरि नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने तयारी गरेको छ । यसअघि भदौ मसान्तभित्रै खुला दिसामुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिइएको थियो, तर लक्ष्यअनुसार काम नभएपछि असोज १३ को नयाँ मिति तोकिएको हो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest