काठमाडौंमा डरलाग्दो दुर्घटना,ट्रकको ब्रेक फेल भएर १२ वटा सवारी साधनलाई ठक्कर

Tuesday, February 25th, 2020

काठमाडौं :काठमाडौंको कलंकीमा सोमबार साँझ ठूलो दुर्घटना भएको छ । ब्रेक फेल भएको एउटा ट्रकले १२ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रकको ढुंगाअड्डाको ओह्रालोमा ब्रेकफेल भएको थियो । त्यसपछि अनियन्त्रित बनेको ट्रकले ट्याक्सी, कार, जिप, मोटरसाइकलसहित एक दर्जन सवारी साधनलाई ठक्कर दिएको कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरले जानकारी दिए ।

दुर्घटनामा चितवनका ३३ वर्षका सम्शेर गुरुङको मृत्यु भएको छ । ट्रक र स्कर्पिओले चेपिएर उनको मृत्यु भएको बताइएको छ ।८ जना घाइते भएका छन् । उनीहरु मध्ये ७ जनाको शहीद मेमोरियल र एक जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।ट्रक चालक सर्लाही बरहथवाका वीरेन्द्रकुमार शाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest