काठमाडौं होर्डिङबोर्ड मुक्त बन्दै

Friday, December 6th, 2019

काठमाडौं –महानगरपालिकाले महानगर क्षेत्रमा रहेको विज्ञापनमूलक होर्डिङ बोर्ड हटाउन तयारी थालेको छ । महानगरले सहरी सौैन्दर्यता कायम राख्न होर्डिङ बोर्ड, भित्तेलेखन र पोस्टर टाँस्न निषेध गरी विज्ञापन सामग्री प्रचारका लागि डिजिटल होर्डिङ बोर्डलाई अनिवार्य गर्ने भएको हो ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोल अदालतको आदेशको पालना र महानगरको नीति अनुसार होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको बताँउछन् । ‘हामीले सात दिनको समयावधि दिएका छौं । सरोकारवालाले समयवधिभित्र नहटाए हामी आफैं हटाउँनेछौं,’ उनले भने ।महानगरले दिएको समयावधि दुई दिन मात्र बाँकी छ । महानगरले सरोकारवालाहरूले बोर्ड हटाउन बेवास्ता गरेमा महानगर आफैंले हटाउने र यसको क्षतिपूर्ति सम्बन्धित सरोकारवालाले नै बेहोर्नुपर्ने महानगरको भनाइ छ ।

यसैको तयारीस्वरूप गत असारदेखि महिनादेखि डिजिटल होर्डिङ बोर्ड प्रयोगकर्तालाई कर छुटको व्यवस्था गरेको थियो । लामो समयदेखि नियम विपरीतका होर्डिङ बोर्ड हटाउँदा सहरी सौन्दर्य कायम गर्नमा सहयोगी हुने विश्वास लिएको छ ।सर्वोच्च अदालतले महानगरलाई चार वर्षअघि नै होर्डिङ बोर्ड हटाउने आदेश दिएको थियो । तर, लामो समयसम्म पनि बोर्ड नहटाउँदा स्थानीयले महानगरको आलोचना गर्दै आएका थिए । महानगरको ढिलाइबारे अदालतको अवहेलना गरेको भन्दै कारबाहीका लागि अदालतमा रिटसमेत दायर भएको छ ।

राजधानीबाट

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest