काठमाण्डौका डान्सबारबाट ३५ बालबासिलकाको उद्दार

Wednesday, November 14th, 2018

काठमाण्डौ ःकेहि वर्ष अगाडि सुन्धाराबाट थुप्रै स्कुल तथा क्याम्पसका विद्यार्थिहरुलार्य कारबाहि गरेको प्रहरीले यसपाली पुनः महानगरीय प्रहरी वृत्त, लैनचौरले ‘अपरेशन रेस्क्यू अन्डर एज’ मार्फत ३५ जना बालबालिकालाई उद्दार गरेको छ ।नयाँ बालबालिका ऐन लागू भएपछि सो व्यवस्था अनुरुप पहिलो पटक ३ जना डान्स बार सञ्चालकलाई समेत पक्राउ गरिएको छ ।लैनचौरस्थित युनिक र बेबो डान्स बार एण्ड लाउन्जका ३ जना सञ्चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ ।वृत्तका प्रमुख डी.एस.पी गौतम केसीका अनुसार ती बालबालिकालाई बारमा डान्सर, कामदार र यौनजन्य क्रियाकलापमा प्रयोग गरिएको भेटिएको थियो । ‘काठमाडौं प्रहरी परिसरमार्फत बालबालिकाको उद्दार गर्ने अभियान नै चलाएको केसीले जानकारी दिए साथै यस अभियानलाई तीब्रता दिँदै काठमाडौंका अन्य क्षेत्रमा पनि यो अभियान सञ्चालन भइरहेको केसीले जानकारी दिएका छन ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest