कानूनको समान संरक्षणबाट कसैलाई पनि वञ्चित नगर्ने मन्त्री थापा

Wednesday, September 19th, 2018

काठमाण्डौ ः महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले नेपालको संविधानको मौलिक हक अन्तरगत धारा १८ मा समानताको हकको व्यवस्था गरेको भन्दै सो हक सबै नागरिकमा समान रुपमा लागू हुने बताएकी छन ।
मंगलबारदेखि काठमाडौंमा शुरु भएको ‘लैंगिक हिंसा सम्बोधनका लागि बहुक्षेत्रीय सेवा सम्बन्धी राष्ट्रिय कार्यशाला २०७५’ लाई सम्बोधन गर्दै मन्त्री थापाले कानूनको समान संरक्षणबाट कसैलाई पनि वञ्चित नगर्ने बताइन्न। मन्त्री थापाले नेपालको संविधानको धारा ३८ को उपधारा ३ मा महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भन्ने उल्लेख गरिएको भन्दै त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुने र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हकको कार्यान्वयन गर्नुपर्ने बताइन ।

मन्त्री थापाले भनिन ‘नेपाल हेल्थ डेमोग्राफिक सर्वे २०१६ का अनुसार नेपालमा २२ प्रतिशत महिलाहरु सँधै शारिरीक हिंसा भोग्न बाध्य छन । २६ प्रतिशत महिलाहरु सँधै आफ्ना श्रीमानबाट शारिरीक, मानसिक र संवेगात्मक रुपमा हिंसा भोगिरहेका छन भने हिंसामा परेकाहरुमध्ये २२ प्रतिशतले सहयोगको लागि घटना बाहिर ल्याएका छन । ६६ प्रतिशतले अझै घटनालाई बाहिर ल्याउन सकेका छैनन।’
यस अवस्थालाई सम्बोधन गर्नका लागि प्रहरीले संवेदनशिल भएर घटनाको सत्यतथ्य प्रमाणको संकलन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने मन्त्री थापाको जोड थियो ।न्यायिक निकायले छिटो छरितो न्यायिक प्रक्रियालाई अगाडि बढाउनुपर्ने उनले बताइन । महिला मन्त्रालयले पनि आफ्नो क्षेत्रबाट यस सम्बन्धमा काम गर्दै आईरहेको भन्दै मन्त्री थापाले लैंगिक हिंसा पीडितका लागि पुनस्र्थापना केन्द्रको व्यवस्था गरी पीडित व्यक्तिलाई अल्पकालिान तथा दिर्घकालिन पुनस्र्थापना सेवा, आयआर्जनका लागि कोषको स्थापना र मनोसामाजिक परामर्शसहित परिवार र समुदायमा पुनस्र्थापना गर्न सहयोग गरिरहेको बताइन । महिला तथा किशोरीहरु माथि हुने यौनजन्य घटनाहरु प्रतिदिन मानव सभ्यताकै कलंकको रुपमा वृद्धि भएको भन्दै मन्त्री थापाले बलात्कार, हत्या जस्ता घटना हुनु अहिले लज्जाको विषय बनेको बताइन । संयुक्त राष्ट्रसंघीय आवसिय संयोजक भेलिरिया जुलियन्टले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै लैंगिक हिंसा न्यूनिकरण गर्नु आजको आवश्यकता रहेको बताए ।

महिला, बालबालिका मन्त्रालय लैंगिक हिंसा निवारण शाखाकी प्रमुख अन्जु ढुंगानाले महिला हिंसा अन्त्य गर्न सबै निकाय एक हुनुपर्ने बताइन । छलफलका क्रममा स्वास्थ्य मन्त्रालय अन्तरगत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी रोस्नी लक्ष्मी टुइटुईले महिलाहरु घरेलु हिंसा मात्र नभई अन्य क्षेत्रमा पनि हिंसा भोग्न बाध्य भएको बताइन ।
प्रहरी प्रधान कार्यालय मानव अधिकार शाखाका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले हिंसा प्रभावित महिला, तथा बालबालिकालाई प्रदेश स्तरमा छुट्टै भवनबाट सेवा दिन थालिएको बताइन ।महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता विश्वराज कोईरालाले कानून कार्यान्वयन नहुँदा हिंसा पीडित महिलाहरु झन हिंसामा पर्ने गरेको बताए ।महिला अधिकारकर्मी डा। रेनुराज अधिकारीले महिला पुरुषबीचको विभेदका कारण पनि महिलाको अवस्था दयनीय हुन पुगेको बताइन ।
उनले समाजमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा परिर्वन गर्नुपर्ने बताइन् । पुरातनवादी सोचकै कारण कञ्चनपुर र गोदावरी बलात्कार घटनामा पीडितले न्याय पाउन नसकेको उनले बताइन । उनले महिलालाई दोस्रो दर्जाको रुपमा हेरिने परम्परालाई परिवर्तन गर्नुपर्ने बताइन ।
(देउडा गायक यज्ञराज उपाध्यायको पे्रम कहानी पनि हेरौ ल नवनारी टिभिमा)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest