कान्ति बाल अस्पतालको हटलाइन सेवा

Tuesday, March 24th, 2020

काठमाडौं :यति बेला सिंगो मुलुक लकडाउन को अवस्थामा रहेको छ । यो अवस्था भनेको घर भित्रै बस्ने अवस्था हो, घर भित्रै रहदा तपाईको घरमा रहेका साना साना बालबालिकाहरु विरामी परे भने विगतमा झैं अस्पताल लिएर गइहाल्न सक्ने अवस्था अहिले छैन, एक त सवारी साधन पाइदैन, अर्को अस्पताल जानु कोरोनाको जोखिम लिनु पनि हो, यति हुँदाहुदै पनि घरमा साना बालबालिकाहरु विरामी हुँदा हामीलाई अत्यास लाग्छ, को संग सल्लाह लिउ भन्ने हुटहुटी मनभरि सल्वलाउँछ, उकुसमुकुसको अवस्था सृजना हुन्छ ।
यस्तो अवस्थामा कान्ति बाल अस्पताल प्रशासनले सर्जिकल र मेडिकल ड्युटीका चिकित्सकलाई प्रत्यक्ष सम्पर्क गरि आफ्ना बालबालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी गराई उपयुक्त परामर्श लिन सकिने गरि हटलाइन नम्वर उपलब्ध गराएको छ । बालबालिकालाई सर्जिकल सम्वन्धी समस्या भए सर्जिकल ड्युटीमा रहेका चिकित्सक संग परामर्श लिन ०१४४४३१३१, ९८४७३८६१५० र मेडिकल सम्वन्धी कुनै पनि समस्या भएमा मेडिकल ड्युटीमा रहेका चिकित्सक संग परामर्श लिन ०१४४२७४४९, ९८४७३८६२०५ नम्वरमा फोन गर्न सकिने अस्पतालका निर्देशक डा.कृष्ण पौडेलले बताए ।
साथै निर्देशक डा.पौडेलले कोरोना भाइरसको संक्रमणबाट आफ्ना बालबालिकाहरुलाई जोगाउन बालबालिकालाई घर भित्रै राख्नको साथै पटक पटक सावुनपानीले हात धुन र झोलिलो र पोसिलो कुरा खुवाउन सुझाव दिएका छन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest