कार्तिक महिनाको मासिक राशिफल

Friday, October 25th, 2019


मेष

परिवारको पिर चिन्ताले सताउने छ । आफ्नै प्रयास बाट नयाँ कामको सुरुवात हुने छ, इष्टमित्र तथा आफन्तीमा झैझगडाको कारण बन्न लागेको काम पनि रोकिने छ । शिक्षाको क्षेत्रमा अवरुची, आर्थिक संकटको सामना गर्नु पर्ला, बैदेशिक यात्रा सहज हुनेयोग रहेको छ । शुभ अंक, ६ शुभ रंग रातो,पश्चिम दिशा शुभ हुनेछ ।
वृष

भविष्यको लागि योजना बन्ने छ, व्यापार व्यवसाय खासै प्रगति हुने छैन । अरुकोकाम गर्नैपर्ने तर जश मिल्ने छैन ् सावारी दुर्घटना, वैदेशिक कार्यमा अवरोध हुने छ । स्वास्थ्यमा केहि समस्या आउने छ । दाजुभाईमा बिवाद आउन सक्छ । शुभ अकं ९ पंहेलो रगं पश्चिम दिशा शुभ रहेको छ ।
मिथुन

मनले चिताएको काम बन्नेछ । परिवारको लागि खर्च गर्नुपर्ला, आकस्मिक यात्रा, छातीमा समस्या तथा जग्गाजमिनमा लगानी हुनेछ । सवारी साधन खरिद गर्ने अवसर मिल्ने तथा धार्मिक कार्यमा मन जानेछ । शुभ अकं ७, शुभ रगं सेतो पश्चिम दिशा शुभ हुनेछ ।
कर्कट

खर्चमा तिब्रता हुनेछ । अध्ययन अध्यापनमा अरुची, राजनीतिमा खासै राम्रो हुनेछैन् ।वैदेशिक यात्रा, व्यवसायिक कुराकानी तथा योजनाको लागि भेटघाट, साँस्कृतिक समारोहमा सहभागी हुनुपर्ने छ । शुभ अकं १ हल्का पंहेलो रगं, दक्षिण दिशा शुभ रहेको छ ।
सिंह

धार्मिक कार्यको लागि यात्रा हुनेछ । विशिष्टि व्यक्ति तथा देशबिदेशबाट पनि सहयोग मिल्ने छ, मायापिरतीका कुराहरु तथा, रमाइलो यात्राहुने छ, जगिरमा उच्चपद मिल्ने तथा मित्रहरुबाट नै धोका हुने हुदाँ होसियार हुनुहोला, शुभ अकं ४ शुभ रगं रातो दक्षिण दिशा शुभ रहेको छ ।
कन्या

सवारी साधन खरिद गर्नु पर्ला, मान सम्मान मिल्ने, नयाँ कामको सुरुवात तथा साथीभाईको कारण जरिवान तिर्नुपर्ला बैदेशिक यात्राको योग रहेको छ । शैक्षिक पद प्रतिष्ठा मिल्नेछ । दाम्पत्य जिवनमा अन्य व्यक्तिको प्रवेशले परिवारमा तनाव आउने देखिन्छ । शुभ अकं ७ शुभ रंग सेतो र पश्चिम दिशाशुभ रहेको छ ।
तुला

आर्थिक अभावको कारण परिवार तथा साथीभाईमा बिवाद आउन सक्छ । अचलसम्पत्तिको दुरपयोग तथा शिक्षामा कमजोरी, विदेशबाट आर्थिक लाभ हुनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । पशुचौपायमा लगानी गर्दा विचार पुराउनुहोला शुभ अकं ७, रगं कालो । दक्षिण दिशा शुभ हुनेछ ।
वृश्चिक

चिताएको काम सम्पन्न हुनेछ । व्यवसायमा मन्दि आउन सक्छ, अध्यायन तथा अध्यापनमा सफलता मिल्ने, साथीभाईबाट सहयोग, दाम्पत्य जिवनमा तनाव, रमाइलो यात्रा, बैदेशिक काममा ढिलासुस्ती, शुभ अकं, ९, हरियो रगं पुर्वदिशा शुभ रहेको छ ।
धनु

शैक्षिक प्रगतिको लागी यात्रा तथा मावलीको क्षेत्रबाट सहयोग मिल्नेछ । अतिथिको रुपमा सत्कार तथा धनार्जनको समय आउनेछ । रमाइलो यात्रा, माया प्रेमको वातावरण सृजना हुने, स्वास्थ्यम केहि समस्या आउन सक्छ । शुभ अकं ३, हरियो रगं पश्चिम दिशा शुभ रहेको छ ।
मकर

चतुराईले नै कार्यमा सफल्ता मिल्नेछ । मनमा असान्ती तथा चञ्चलता आउन सक्छ । पढाई लेखाइमा असन्तुष्टि । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा रहेको छ । शुभ अकं ४, रगं रातो, उत्तर दिशा शुभरहेको छ ।
कुम्भ

समय मध्यम छ, आर्थिक संकटको सामना गर्नुपर्ने छ । पारिवारीक कलह हुने छ । क्रय—विक्रयको काममा नोक्सानी, शरीरमा आलस्य आउने छ । घमण्ड आउन सक्छ । साहित्य लेखनमा मन जानसक्छ । शुभ अकं, ८ रगं पंहेलो, पुर्व्दिशा शुभरहेको छ ।
मीन

धर्मकर्ममा रुची तथा शुभ कार्यमा सहभागी हुनुपर्ला । भविष्यको चिन्ता तथा योजनाहरु बन्नेछन् । लेनदेनको कार्यमा बिवाद आउन सक्छ । सामाजिक कार्यमा अग्रसरता हुने तथा परिवारमा नयाँ कार्यको थालनी हुने योग रहेकोछ । शुभ अकं ४ रगं सेतो, पुर्व्दिशा शुभ हुनेछ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest