‘किड्डी फेस अफ दि इयर’का ३२ प्रतियोगीले देखाए ट्यालेन्ट

Tuesday, January 14th, 2020

काठमाडौं : रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा ‘किड्डी फेस अफ दि इयर २०२०’का ३२ प्रतियोगी बालबालीकाले आफू भित्र रहेको विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् ।पुरानो बानेस्वर स्थित म्याकडोनला क्याफेमा आयोजित प्रतियोगिताको ‘ट्यालेन्ट शो’ अन्तर्गत उनीहरुले नृत्य, गायन, अभिनय, बत्तित्वकला, चित्रकला, योगा लगायत विषयमा आ–आफ्नो प्रतिभा देखाएका थिए ।प्रतियोगिताको यो पाँचौ संस्करण हो । यो संस्करणमा ७ बालक र २५ बालिका फाइनल प्रतिसप्रधामा भिड्दैछन् । उपत्यकाका विभिन्न १६ स्कुलका करिब १०० बढी प्रतियोगी सहभागी प्रारम्भिक अडिसनबाट ३२ बालबालिका छानिएका हुन् । प्रतियोगितामा बालिका तर्फ ९ देखि १२ जुनियर र १२ देखि १४ सिनियर भनेर छुट्टयाएको आयोजक रेडियन्टका प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजुले जानकारी दिए ।

ट्यालेन्ट उपाधिका लागि आयोजित ‘ट्यालेन्ट शो’मा निलिमा मास्के श्रेष्ठ (गीतकार)गुण केसरी ताम्राकार मेकअप आर्टिस, श्याम खड्का (रंगमञ्च कलाकार), मन्दिरा बज्राचार्य (नृत्य निर्देशक)लगायत निर्णायक रहेका थिए ।
बालबालिकाको ब्यक्तित्व बिकाश, क्षमता अभिवृद्धी गर्दै उज्वल भबिश्य निर्माणका लागि उनीहरुलाई सक्षम बनाउने उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो ।

प्रतियोगिताको अन्तीम प्रतिसप्रधा आगामी माघ ४ गते राष्ट्रिय नाँचघर जमलमा आयोजना हुँदैछ । प्रतिसप्रधामा बालबालिका बिभिन्न आकर्षक पहिरन सहित र्याम्प प्रस्तुत हुनेछन् । जसको पहिरन डिजाइन श्रीषा बैदार फैजुले तयार पार्नेछिन् ।ब्यक्तित्व बिकाश, डान्स, सन्चारकला, बिभिन्न टपिसमा ग्रुमिङ क्लास, क्याटवाक, सेल्फ डिभाइन लगायत दर्जन बढी बिषयमा अनुभवी प्रशिक्षकको प्रशिक्षण सहित प्रतियोगिता अन्तिम प्रतिसप्रधामा उत्रिनेछन् ।प्रतियोगितामा शिर्ष उपाधिका अलवा बिभिन्न दर्जन उपशिर्षकमा समेत बिजेता छानिनेछ । बिजेताले उपाधिका साधमा बिभिन्न अवसर र गिफ्ट उपहारको रुपमा प्राप्त गर्नेछन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest