‘किड्डी फेस अफ दि इयर २०२०’ सम्पन्न

Tuesday, January 21st, 2020

काठमाडौं :‘किड्डी फेस अफ दि इयर २०२०’को उपाधि आगमन थापा, पेमा डोमा लामा र तहिस्मा चौहानले चुमेका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको यस कार्यक्रममा आगमन बालक सिनियर तर्फ शिर्ष बिजेता चुनिदा बालिका तर्फ पेमा डोमा लामा सिनियर र तहिस्मा चौहान जुनियर तर्फको शिर्ष विजेता घोषित भए ।

तीनै जना बिजेताले उपाधिका साथै बिभिन्न गिफ्ट तथा अवसर पुरस्कार प्राप्त गरे । कार्यक्रममा तीनै बिजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने समेत आयोजकले जनाकारी दियो ।

शनिबार अबेरसाँझ राष्ट्रिय नाँचघर जमलमा सम्पन्न प्रतियोगितामा बालक सिनियरबाट निकित पौडेल फष्टरनर अप, केन्द्रीत पौडेल सेकेन्ड रनरअप चुनिदा बालक जुनियर तर्फ प्रतिक भट्ट फष्ट रनरअप र जयस अग्रवाल सेकेन्ड रनरअफ भए ।
त्यस्तै बालिका सिनियर तर्फ ग्रेसी शाक्य फष्ट रनरअप र रिजा सिंह सेकेन्ड रनरअप हुँदा जुनियर तर्फ फष्ट रनरअप ओजस्वी शाक्य र सेकेन्ड रनरअप समिरा मकाला चुनिए ।

९ देखि १४ बर्षसम्मका ७ बालक र २५ बालिका गरेर ३२ सहभागी रहेको प्रतियोगितामा बालबालिकालाई जुनियर र सिनियर गरेर छुट्याइएको थियो ।बालबाललिकाको ब्यक्तित्व बिकाश, क्षेमता अभिबृद्धी गर्दै उज्वल भविष्य निर्माणका लागि उनीहरुलाई सक्षम बनाउने उद्देश्यले आयोजित प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो

प्रतियोगिताको कोरियोग्राफी आयोजक रेडियन्टका प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजुले गरेका थिए ।निलिमा मास्के श्रेष्ठ (गीतकार तथा समाजसेवी), रोजिका पोखरेल (बिजेता मिस टिन कन्टेष्ट), आस्मा गिरी (चलचित्र अभिनेत्री)मधुसुदन भट्टराई (चलचित्र निर्देशक), आशिष थापा लगायत प्रतियोगिताको निर्णायक रहेका थिए ।
कार्यक्रममा बालबालिकालाई बिभिन्न आकर्षक पहिरनमा र्याम्पवाक समेत गराइएको थियो । प्रतियोगिले लगाएको आकर्षक पहिरनको डिजाइन श्रीषा बैदार फैजुले तयार पारेकी हुन् ।

ब्यक्तित्वबिकाश, डान्स, सञ्चारकला, बिभिन्न टपिसमा गू्रमिङ क्लास, क्याटवाक, सेल्फ डिभाइन लगायत दर्जन बढि बिषयमा अनुभवी प्रशिक्षकको प्रशिक्षण सहित बालबालिकालाई आयोजकले प्रतियोगीको अन्तिम स्पर्धामा उतारेको हो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest