किड क्विन नेपाल–२०१८ मा प्रतिस्पर्धिले गरे बहुप्रतिभा प्रस्तुत

Monday, August 27th, 2018

‘१५ औं किड क्विन नेपाल–२०१८’ का १८ जना प्रतिस्पर्धिहरु ट्यालेन्ट शोमा आफ्नो विविधकला प्रस्तुत गरेका छन् । धेरै जसोले नृत्य प्रस्तुत गरे । ट्यालेन्ट शोमा ओजस्वी महर्जन, वृक्षँ गुरुङ, जेनिशा तामाङ, नसाना महर्जन, अपेक्षँ शेरचन, आयुष्मा सिम्खडा, डोल्मा छिरिङ गुरुङ, आयाछुश्री श्रेष्ठ, इशा श्रेष्ठ, दिया नापित, इशा श्रेष्ठ, स्वेना श्रेष्ठ तथा एञ्जेल खत्रीले नृत्य प्रस्तुत गरे । यस्तै सम्बृद्धि श्रेष्ठले चित्रकला, प्रिया श्रेष्ठले  गायन कला, अनुभूति गिरीले पियानो वादन कला र लूमिला जोशीले अभिनय प्रस्तुत गरे ।

फोटोग्राफर शिवलाल श्रेष्ठ, फेशन डिजाईनर उज्वल कृष्ण श्रेष्ठ, अञ्जु श्रष्ठ, मोडलहरु सरिशा श्रेष्ठ, सृष्टि शाक्य, खेलकर्मी अशोक श्रेष्ठ, बैंकर प्रविणा रावललगायत ट्यालेन्ट शोमा निर्णायक थिए । किड क्विन नेपाल–२०१८ को चयन आगामी १६ भदौमा काठमाडौंमा हुनेछ  ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest