किन दुख्छ ढाड

Wednesday, September 19th, 2018

एजेन्सी – मानिसको बढ्दै गईरहेको व्यस्तता संग संगे विरामीको संख्या पनि बढ्दै गईरहेको छ । पछिल्लो समयमा ढाड दुख्ने समस्या भएका बिरामीको संख्या बढ्दो छ । अव्यवस्थित जीवनशैली, खानपिन, शारीरिक मुभमेन्ट, बसाइ नमिल्नु आदि कारणले ढाड दुख्ने बिरामी बढिरहेका छन् । अस्पतालमा सानो बच्चादेखि वृद्ध उमेरसम्मका मानिस ढाडको समस्या लिएर आउने गरेको डाक्टरहरू बताउँछन् । युवामा पनि मेकानिकल ब्याकपेन देखिने गरेको छ । ढाड दुख्ने समस्या उत्पन्न हुने कारण यस्ता छन् :-

  • बसेर बत्ती कात्ने महिलामा बढी ढाड दुख्ने समस्या देखिने गरेको छ । महिनावारी सुकेका महिलामा पनि यो समस्या धेरै हुन्छ ।
  • कम्प्युटरमा बढी समय काम गर्ने, सुतेर पढ्ने, सुतेर काम गर्ने, सुतेर मोबाइल चलाउने, सुतेर टिभी हेर्नेहरूमा ढाड दुख्ने समस्या देखिने गरेको छ । सिैलुनमा बढी समय काम गर्ने, पार्लर चलाउनेहरूमा पनि ढाड दुख्ने समस्या बढी देखिने गरेको छ ।
  • मोटरसाइकल लामो समय चलाउने युवायुवतीमा पनि मेकानिकल ब्याकपेन देखिने गरेको छ ।
  • लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने बानी पनि ढाड दुख्ने कारण हुन सक्छ । त्यसैले कुर्सीमा लामो समयसम्म बस्नुपरेमा वेलावेलामा उठेर केही बेर हिँडडुल गर्ने गर्नुपर्छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest