काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिका-८ सुन्दरबजारमा आमा र दुई महिने छोराको निस्सासिएर मृत्यु भएको छ।दुई महिने छोरासहित नवराज रञ्जितकारका दम्पत्ति राति कोठा न्यानो बनाउन मकलमा आगो बालेर सुतेका थिए।
छोरा र श्रीमतीलाई खाटमा सुताएर नवराज भने भुइँमै सुतेका थिए।तर जब ३ बजे बिहान नवराज उठे श्रीमती९शर्मिला० र छोराले सास फेर्न छोडिसकेका नवराजको भनाइ उद्धृत गर्दै महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले बताए।
डिसएसपी कामतीका अनुसार नवराजलाई पनि सास फेर्न कठिनाइ भइरहेको थियो। उनले आफ्ना श्रीमती र छोराले सास नफेरेको थाहा पाएपछि छिमेकी र श्रीमतीकी साथीहरूलाई गुहारेका थिए। पछि काठमाडौंमा अरु आफन्तहरू नभएपछि प्रहरीलाई बोलाइएको थियो। ुप्रारम्भिक अनुसन्धानले निस्सासिएर मृत्यु भएको देखिन्छु, डिसएसपी कामतीले भने,यकिन साथ भन्न सकिन्न, थप अनुसन्धान भइरहेको छ।ु नागढुंगाका नवराज कामको शिलशिलामा कीर्तिपुर डेरा गरी बस्थे। उनी पेन्टर हुन्।कोठा साँघुरो भएकोले धेरै असर परेको हुन सक्ने महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ।