‘कुमारी एण्ड द बिष्ट’ नाटक मञ्चन हुदैँ

Wednesday, August 22nd, 2018

 

काठमाडौं – नेपालमा प्रचलित ऐतिहासिक देवी कुमारीको कथामा आधारित नाटक ‘कुमारी एण्ड दि बिष्ट’ मञ्चन हुने भएको छ । नेपाल महिला उद्यमी संघ ९वीन० ललितपुर, सुशिला आर्टस् एकेडेमी तथा रसियन कल्चर सेन्टर अफ साइन्स एण्ड कल्चरको आयोजना आगामी अक्टोवर ६ देखि ९ तारिखसम्म मञ्चन गरिने छ ।

ऐतिहासिक ३० वर्ष पुरानो देवी कुमारीको प्रेम कथामा आधारित नाटक मञ्चनबारे आयोजित पत्रकार सम्मेलनमा महिला उद्यमी निरु रायमाझी खत्रीले ऐतिहासिक नाटक मञ्चन गर्न पाउँदा खुशी लागेको बताइन् । महेश्वर जुजु राजोपाध्याद्वारा लिखित तथा कविता श्रीनिवासनको निर्देशनमा मञ्चन हुन लागेको नाटक पौराणिक अवस्थाको प्रेमलाई जीवन्त रुपमा प्रस्तुत गर्ने प्रयास गरिने जनाइएको छ । सन् १९७९ मा स्थापना भएको रसियन कल्चर सेन्टर अफ साईन्स एण्ड कल्चर ले विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी नेपाली संस्कृतिको विभिन्न पाटोमा सहकार्य गर्दै आइरहेको छ । यसै सन्दर्भमा जीवित देवी कुमारीको प्रेम कथामा आधारित नाटक मञ्चन गर्न लागिएको जानकारी सो अवसरमा दिइयो ।

महिला शसक्तीकरण तथा महिलामा उद्यमशीलताको विकासको लागि कोष स्थापना गर्न टेवा पुर्याउने उद्देश्य सहित मञ्चन हुन लागेको गिती नाटक एक घण्टा १५ मिनेट लामो हुनेछ । रसियन कल्चर सेन्टरमा मञ्चन हुने नाटक दैनिक दुई शो १ बजे र ५ः३० बजे मञ्चन गरिने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest