केरा एक फाइदा अनेक

Wednesday, March 14th, 2018

 सुना भण्डारी :
केरा यस्तो फल हो, जुन बाह्रै महिना पाइन्छ । यो जो कोहीले पनि खान सक्छन् । यसमा पोटासियम राम्रो मात्रामा पाइन्छ । बच्चा, बुढा, बिरामी सबैले खान सक्छन् । केरा पाकेको या काँचो दुबैरुपमा खान सकिन्छ । काँचो केराको हामी धेरैजसो तरकारी बनाएर खान्छांै । हाम्रो शरीरमा जलन भएको या जोर्नीहरु दुखेको छ भने काँचो केरा फाइदाजनक हुन्छ । पाकेको केराले हाम्रो भोक, प्यासका लागिमात्र होइन, नेत्ररोगबाट पनि बचाउँछ । केरा यस्तो पौष्टिक आहारा हो, दुब्लो पातलो शरिर भएका मानिसका लागि एकदमै उत्तम मानिन्छ । हरेक दिन बिहान र बेलुका खाना खानुअघि दुइवटा केरालाई एक गिलास दुधका साथ खानाले फाइदा गर्छ । ज्वरोमा केरा खायो भने यसले भोक प्यासबाट राहत मिल्छ, पौष्टिक आहार पनि मिल्छ र शरिरलाई कमजोरी हुन दिँदैन । बच्चाको शारिरिक या मानसिक शक्तिको विकास हुन्छ । कब्जियत र डाइरियामा यो अत्यान्तै उपयोगी हुन्छ । केराको बोक्रासमेत निकै लाभकारी हुन्छ । शरिरको कुनै भागमा दुखाई भयो भने केराको बोक्रा लगाउँदा राहत मिल्छ । यसले ब्लड प्रेसरलाई पनि नियन्त्रण गर्छ भने एसिडिटी पनि कम गर्छ । तपाईको खुट्टा बाउडिने समस्या छ भने त झन् यो प्रभावकारी हुन्छ । यसको साथै केरा सुन्दरताका लागि पनि महत्वपूर्ण मानिन्छ । अनुहारमा केरा लगाएर हल्का मालिस गर्दा अनुहारलाई चम्किलो हुन्छ र दाग धब्बालाई मधुरो बनाउँछ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest