कैलालीमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

Wednesday, April 15th, 2020

चक्र प्रसाद पोख्रेल

कैलाली :केहिदिन अघि कैलालीमै १७ वर्षिया एक युवतीको सामुहिक वलात्कारको घट्ना सेलाउन नपाउदै फेरी आज कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–४ लालपुरफका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल चौधरी र ३१ वर्षका सुरेश कुमार चौधरी रहेका कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्ष बस्नेतले बताए उनीहरुमाथि बलात्कार मुद्दामा अनुसन्धानका लागि कैलाली जिल्ला अदालतबाट १५ दिनको अनुमति लिएको उनले जानकारी दिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest