कोटेश्वर चोकमा बन्ने सुरुङमार्ग सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा

Tuesday, February 2nd, 2021

काठमाडौं: काठमाडौको तीनकुने कोटेश्वर सडक खण्डमा बन्ने सुरुङमार्ग सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । एक वर्षअघि सुरु भएको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ । सडक विभागसँगको सहकार्यमा एक वर्षअघि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले आफ्नै खर्चमा सम्भाव्यता अध्ययन सुरु गरेको थियो ।

उपत्यकाको सबैभन्दा धेरै जाम हुने ठाउँ भनेर चिनिने कोटेश्वर चोक सुरुङ निर्माण भएमा यात्रुले धेरैबेरसम्म जाममा बस्नु पर्ने बध्यता हट्ने विश्वास गरिएको छ ।कोरोना महामारीका कारण अहिले अध्ययन टोलीका प्रतिनिधिहरू जापानमै रहेकाले भर्चुअल प्रविधिमार्फत् विभागसँग नियमित सम्पर्क भइरहेको सडक विभागले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएकाले फ्लाइ ओभर र सडक विस्तार गर्नुभन्दा पनि सुरुङमार्ग सुरक्षित हुने भएकाले यसको निर्माणमा जोड दिइएको सडक विभागको तर्क छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest