भारतबाट ९ सय भन्दा धेरै दैलेख आए

Saturday, March 28th, 2020

चक्र प्रसाद पोख्रेल,

दैलेख :भारतबाट दैलेख फर्कनेहरुको संख्या करीब एक हजार पुगेको छ । विश्वभर महामारीको रुपमा फैलिँएको नोवेल कोरोना (कोभिड १९) रोगको त्रासबाट बच्च गृह जिल्ला फर्किने नेपालीको संख्या हजार पुगेको हो ।

जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण संकलनलाई तीव्र बनाएको छ । पछिल्लो जानकारीअनुसार संक्रमण बढेसँगै भारतबाट दैलेख आउनेको संख्या ९ सय ४ पुगेको छ । भारतमा रोजगारी गर्नेहरु दैलेखमा धेरै भित्रिएका कारण स्वास्थय सुरक्षा तयारी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

यसैबीच जिल्लाका विभिन्न स्थानमा १८ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । ३३ वटा आइसोलेशन कक्ष र तीन हाइ केयर युनिट तयार भएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । भारतबाट फर्कनेहरुको संख्या ९ सय पुगिसकेको भए पनि क्वारेन्टाइनमा बस्ने अहिलेसम्म १६ जना मात्र छन् । अन्य सबैलाई पालिकास्तरमा रहेका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा राख्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest