कोरोनाको त्रास हटाउन भक्तपुरका घर घरमा प्र.जि.अधिकारी ,स्वास्थ्यमन्त्री पनि जादै

Tuesday, February 18th, 2020

काठमाडौं :चीनबाट उद्धार गरिएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि कोरोना भाइरस संक्रमणको त्रास वरपर छाएको छ । यही त्रासमा कतिपय स्थानीयले घर छाडेका समाचार सार्वजनिक भएका छन् । यहीबीच, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे जनचेतना जगाउन हिजो घरघरमा पुगेकी छन् ।

‘कतिपयले घर छाडे भन्ने सुनियो । के रहेछ भनेर बुझ्न र सम्झाउन हिँजो स्थानीयबासीलाई भेटेका थियौं, आज पनि भेट्छौं हामी,’उनले भनिन् ।

स्थानीयबासीलाई भेटेर कोरोना भाइरस संक्रमित व्यक्तिलाई खरिपाटीमा नराखिएकाले नडराउन भनिएको उनले जानकारी दिइन् । खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएकाहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको पाण्डेको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार, आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि खरिपाटी जाँदैछन् । मन्त्री ढकालले पनि स्थानीयबासीलाई भेट्ने तयारी गरेका छन् ।

पहिले त्रास रहे पनि अहिले भने खरिपाटीका बासिन्दा पूर्ववत् दैनिकीमा फर्किइसकेको प्रजिअ पाण्डेले जानकारी दिइन् । ‘कोरोना भाइरस सर्ने डरले करिब चार–पाँच घरका केही सदस्यहरुले छोराछोरीसहित श्रीमतीलाई माइत पठाएका रहेछन्, अहिले त उनीहरु पनि आफ्नो घरमा फर्किसकेका छन्,’ उनले भनिन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest