कोरोनाबाट जोगिन होशियारी अपनाऔं

Sunday, March 22nd, 2020

अहिले विश्वमा नै कोरोना सक्रमणका कारण हरेकको मनमा सन्त्रास फैलिएको छ । चीनको उहान क्षेत्रबाट शुरुभएको कोरोना भाइरसले अहिले बिश्वलाई त्रासमय बनाएको छ । थुप्रै देशहरुमा अत्यावश्यक सामानहरु सकिदैगएका छन् । मास्क, हेण्ड सेनिटाइजर जस्ता सामानहरु नेपाली बजारमा समेत अभाव देखिएको छ । केहि देशहरुले आफ्ना नागरिकको लागि सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै सम्पूर्ण संघसंस्था, स्कुल, कलेज बजार आदि बन्द गरिसकेका छन् । नेपालले समेत भिजिट नेपाल २०२० लाई स्थगीत गर्नको साथै चाडो भन्दा चाडो स्कुलको परिक्षा सकाएर स्कुल विदा गर्न भनिसकेको अवस्था छ । स्वास्थ्य संकटकाल भनेर विश्व स्वास्थ्य संगठनले घोषणा समेत गरिसकेको अवस्थामा अझैपनि सामाजिक सञ्जालहरुमा यसलाई लिएर भ्रम फैलाउने काम भइरहेको पाइन्छ । रक्सि पिउदा, लसुन खाने गर्नाले, तातो पानी पिउनाले कोरोना संक्रमण हुँदैन भन्नुमा कुनै पनि सत्यता छैन । शरीरलाई लसुन, तातो पानीले फाइदा त गर्छ नै तर कोरोनाको भाइरसबाट नै जोगाउन सक्छ भन्ने प्रमाण कतै देखिएको छैन । अझ यहि मौका पारेर चाउचाउ कम्पनीले कोरोनाबाट बच्न भन्दै प्रचार गर्दै चाउचाउ समेत बजारमा ल्याएको छ । यस्तो अनावश्यक भ्रम पैदा गर्ने कम्पनीलाई सरकारले कारवाहिको दायरामा ल्याउन आवश्यक छ ।
कोरोना सक्रमण जो कोहिलाई पनि हुन सक्छ । त्यसमा पनि अलि उमेर भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई यसले बढी प्रभाव परेको देखिएको छ । विश्वमा फैलिएको कोरोना नेपालमा आउदैन भनेर ढुक्क हुने अवस्था छैन । कोराना संक्रमणलाई हुन नदिन अहिलेको अवस्थामा हामी सबैले अत्यावश्यक काम बाहेक घरबाहिर जानबाट जोगिन आवश्यक छ । अहिलेको आवश्यकता सेल्फ कोरेन्टाइनमा बस्नु हो किनकि फैलिसकेपछि यसले निकै भयावह रुप लिनेछ । नेपाल भर्खर भर्खर बामे सर्दै गरेको अवस्थामा छ यो अवस्थामा सरकारले चाहेर पनि सम्पूर्ण जनताको सुरक्षाको जिम्मा लिन सक्ने अवस्था रहदैन । त्यसैले आफु र आफ्नो परिवारलाई कोरोना भाइरसको संक्रमणबाट बचाउनको लागि हामी आफै तयारी अवस्थामा रहनु पर्छ, सरकारले गरेन भनेर पछुताउनु भन्दा हामीले पनि सरकारलाई सघाउन आवश्यक छ । त्यसैले भ्रमको पछि होइन, सुरक्षाको लागि अघि बढौ । कोरोनाबाट जोगिन होशियारी अपनाऔं ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest