कोरोना भाइरसका कारण फिलिपिन्समा एक जनाको ज्यान गयो

Sunday, February 2nd, 2020

काठमाण्डौ : कोरोना भाइरसका कारण चीनबाहिर एक जनाको ज्यान गएको छ ।फिलिपिन्समा कोरोना सङ्क्रमित ४४ वर्षीय चिनियाँ पुरुषको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । कोरोना भाइरसका कारण चीन बाहिर कसैको ज्यान गएको यो पहिलो घटना हो ।
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनको सान लजारो अस्पतालमा गएको माघ ११ गतेदेखि उपचार भैरहेको थियो ।

निमोनिया भएपछि अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपनि गएको २४ घण्टामा अवस्था खराव भएर ज्यान गएको अस्पतालले जनाएको छ । उनी फिलिपिन्समा पहिलो पटक कोरोना पुष्टि भएको व्यक्तिको साथी रहेको खबरमा बताइएको छ ।

चीनको हुबेई प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म चीनमा मात्रै ३ सय ४ जनाको ज्यान गएको र १४ हजार ३ सय ८० जनामा कोरोनाको संक्रमण भएको पुष्टि भैसकेको बीबिसीले जनाएको छ ।चीन बाहिर सय जनामा कोरोना भएको पुष्टि भए पनि अहिलेसम्म कसैको पनि ज्यान गएको थिएन ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest