कोरोना भाइरसका कारण स्पेनकी राजकुमारीको मृत्यु

Sunday, March 29th, 2020

काठमाडौं : कोरोना भाइरस (कोभिड१९) बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ ।

स्पेनकी राजकुमारी ८६ वषर्ीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । टेरेसा स्पेनको बोउरबोन(पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

युवराज्ञीका कुनै सन्तान छैनन् । उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन् । यसअघि बेलायती राजकुमार चाल्र्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।स्पेनमा कोरोना भाइरसको कारण अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५ हजार ८१२ पुगिसकेको छ ।
स्पेनमा समग्र संक्रमितको संख्या ७२ हजार नाघेको छ ।

एजेन्सीको सहयोगमा

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest