कोरोना भाइरसको केन्द्रबिन्दुअमेरिका,२४ घण्टामा एक हजारभन्दा धेरैको मृत्यु

Thursday, April 2nd, 2020

काठमाण्डौःपछिल्लो समय अमेरिका कोरोनो भाइरस (कोभिड १९)सङ्क्रमणको केन्द्रबिन्दु बनेको छ ।गएको २४ घण्टामा अमेरिकामा मात्रै एक हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म ५ हजार ९४ जनाको ज्यान गएको छ । २ लाख १४ हजार भन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटालीमा थप सात सय २७ जनाको ज्यान गएसँगै १३ हजार १ सय ५५ जना स्पेनमा थप ९ सय २३ जनाको ज्यान गएसँगै ९ हजार ३ सय ८७ जना, फ्रान्समा ५ सय भन्दा धेरैको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ३२ पुगेको छ ।

बेलायतमा पनि गएको २४ घण्टामा थप ५ सय ६३ जनाको ज्यान गएको छ । बेलायतमा अहिलेसम्म २ हजार ३ सय ५२ जनाको ज्यान गएको छ ।

अहिलेसम्म विश्वका २ सय ३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना सङ्क्रमण फैलिएको छ । जसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ लाख नाघेको छ ।

अहिलेसम्म ९ लाख ३४ हजार ६ सय ६८ जना सङ्क्रमित भएकामा १ लाख ९३ हजार ९ सय ६८ जना उपचारपछि निको भएका छन् । ६ लाख ९३ हजार ५ सय १९ जनाको उपचार भइरहेको छ । ४७ हजार १ सय ८१ जनाको भने ज्यान गएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest