आजभोलि विश्वभरि कोरनाकै डर छ,
जता तता नकुदनुहै यसले ज्याँनै मार्छ।
रूघा,खोकी,ज्वरोआउँदा कोरनाकै सङ्का,
विश्वभरि यो रोगले पिट्यो ठूलो डङ्का ।।
यै रोगले हजारौँको लगीसक्यो ज्याँन ,
चुलबुल धेरै नगर है मैले भन्या मान।
चिसो पानी उमालेर मनतातोमा पिउँनु ,
सबै भन्दा ठूलो कुरा स्वास्थ्य जीवन जिउनु।।
करेसामा काम गर्नु आफ्नै घरमा बस्नु ,
साबुन लगाई हात धुनु अनि घरमा पस्नु ।
हैजा हो यो चाँडै भाग्छ होस राखौँ अहिले,
अर्ती हो यो नानी बाबू यत्ती भने मैले।।
सबै भन्दा ठूलो कुरा जिन्दगीहो हाम्रो ,
सचेत हुनु गराउँनु सबै भन्दा राम्रो ।
मिची मिची हात धुनु लगाई साबुन पानी,
नसताऊ है बा आमालाई साना बाबु नानी।।