काठमाण्डौ:गण्डकी प्रदेशको कास्कीमा कोरोना सङ्क्रमित नयाँ बिरामी देखिएको हल्ला चले पनि सरकाले भने पुष्टि गरेको छैन ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म सातौँ सङ्क्रमित भेटिएकाबारे कुनै पनि जानकारी नआएको बताए । उनले केहीबेर अघि गण्डकी प्रदेशमा सम्पर्क गरेको तर कोरोना सङ्क्रमित नयाँ बिरामी देखिएको बारे आफूलाई कुनै पनि जानकारी नआएको पनि बताए ।
उनले यस्तो विषयमा सरकारले पुष्टि गरेको कुरालाई मात्र विश्वास गर्न र पुष्टि भएपछि मात्र खबर दिन पनि सञ्चारमाध्यमलाई आग्रह गरेकाछन ।