कोहलपुरमा ६ वर्षीया बालिकालाई गोबर खुवाइयो

Tuesday, March 27th, 2018

चक्र प्रसाद पोख्रेल
नेपालगंज :पछील्लो समय बलत्कार लगायत बाल शोषणका घटना बढेका छन ।बाँकेको ,कोहलपुरको मदनचोकमा साथीसँगै खेलिरहेकी ६ वर्षीया बालिकालाई गोबर (भैसीको दिसा) खुवाइएको छ ।
कोहलपुर नगरपालिका(३ मदनचोककी गीता परियारले पानी तान्ने मोटर बिगारेको भन्दै ती बालिकाको मुखमा गोबर कोच्याइदिएकी हुन् ।बालिका सोमबार साँझ ६ बजेतिर साथीसँग खेल्दै गरेको अवस्थामा पानी तान्ने मोटर बिगारेको आरोप लगाउँदै ५० वर्षीया परियारले गोबर खुवाइदिएको प्रहरीले जानकारी दिएको छ ।इलाका प्रहरी कार्यालय कोहलपुरले बालिकालाई गोबर कोच्याएको अभियोगमा परियारलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ ।प्रहरी स्रोतका अनुसार बालिकालाई मेडिकल गरी अनुसंधान सुरु गरिएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest