चक्र प्रसाद पोख्रेल,
काठमाण्डौ ःदयालु रुख, जुन रुखले मानिसलाई जन्मेदेखी बुढोभएर नमरुन्जेल सम्म दिन सक्ने कुराहरु देखाइएको छ ।नाटक हेर्दा थाहा हुन्छ की मानिसको जीवनमा रुखको महत्व कति छ भन्नने कुरा ।नाटक दयालु रुखमा नाटककारले एउटा सानो बालकलाई ठूलो भएसम्म खुशी बनाउने प्रयत्नमा लागिरहन्छ । उमेरसँगै फेरिँदै गएको उसको मागलाई पुरा गर्न आफैंलाई रित्याइरहन्छ ।आकांक्षा कार्कीले निर्माण गरेको कौशी नाटकघरमा नाटक ‘दयालु रुख’ मञ्चन भइरहेको छ । अमेरिकी लेखक सिल सिल्भरस्टेनको बाल कथामा आधारित नाटक ‘द गिभिङ ट्री’ लाई भावानुवाद गरी कार्कीले नै नाटकलाई परिकल्पना एवं निर्देशन गरेकी छन्। कथामा दिएर नथाक्ने रुख र मान्छेको सम्बन्ध देख्न सकिन्छ।नाटक हेर्दा जति सामान्य छ, बुझाईमा त्यति नै गहिरो छ। दयालु रुखलाई मानवसँग तुलना गर्दा रुखले सांकेतिक रूपमा आमाको अवतारलाई बुझाउँछ र बालक उनको सन्तानको।
आमाले आफ्नो सन्तानको लालनपालनको लागि बेहोर्ने भूमिका र परिपक्कतालाई बुझाउँछ। त्यस्तै, बालकले अभिभावकसँग सन्तानले गर्ने अपेक्षालाई बताउँछ। कथालाई प्रकृति र मानवसँग तुलना गर्ने हो भने मानव स्वभावको तीतोपना देख्न सकिन्छ।कविता र गीतसहितको सांगीतिक प्रयोगले नाटक अझैं जीवन्त बनेको छ। नाटकमा इंगिहोपो कोइँच सुनुवा, सुम्निमा साम्पाङ, अर्चना पन्थी, रोशनी स्याङ्बो, प्रयास राई, सलमान खान गुरुङ, आलोक थामी, आयान खड्का लगायतले अभिनय गरेका छन असार ८ देखि सुरु भएको यो नाटक यहि असार २४ गतेसम्म मञ्चन हुने निर्देशक आकांक्षा कार्की वताउछीन ।