खरिगैराको स्वास्थ्य चौकि र वडा कार्यालयमा तोडफोड,अपहराधीको खोजिकार्य जारी

Friday, February 14th, 2020

चक्र प्रसाद पोख्रेल

दैलेख : दैलेखको महावु गाउँपालिका –१ खरिगैरामा रहेको खरिगैरा स्वास्थ्य चौकि र वडा कार्यालयमा तोडफोड भएको छ ।

बिहीबार राति तोड्फोड भएको वडा अध्यक्ष हरिप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सँस्था र वडाका सबै आलमारिहरु काउण्टरहर खोलिएको छ ।

मुल ढोकामा लगाईएका ताला तोडीएको छ । हिजो रातिनै स्वास्थ्य चौकिको नजिकै रहेको सन्तोष घर्ति मगरको पसलबाट रु २० हजार रकम पनि चोरिएको छ ,अध्यक्ष उपाध्यायले भने् दुवै ठाउँमा हामीले हेरि सक्यौँ । केहि समय पहिले पनि यस्तो कार्य भएको हुनाले यहिको स्थानीय हुन सक्ने अनुमान गरिएको अध्यक्ष उपाध्यायले बताए । तर,काउण्टरहरुमा पैसा थिएन्।

‘ हामीले हिजो बेलुका गेटमा ताला लगाएर गएका थियौँ ,’ बिहान आउँदा मुल ढोकामा ताला नभएको र औषधिका विलहर समेत गायव भएको स्वास्थ्य कार्यालयका अनमी राधा थापाले बताईन ।

बाहिर लगाईएको तार जालि बाट भित्र आएको जस्तो देखिन्छ ,’उनले भनिन् अरु केहि त्यस्तो चोरि भएको छैन् । अहिले प्रहरीलाई बोलाएर खोजि कार्य भईरहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest