खुट्टा कुहिएर झर्दै गरेका कटी भुलको उपचार सहयोग लागि लागिन युकेबाट समाजसेवी इशा

Saturday, July 14th, 2018

काठमाडौं – बैतडी दोगडाकेदार गाउँपालिका ६ सित्तड टोलका कटी भुलको दाहिने खुट्टा कुहिएर झर्दै गरहेको दर्दनाक अबस्था यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ । कटि भुलको दाहीने खुट्टामा आएको घाऊ बिस्तार फैलिदै गएपछि क्यान्सर स्टेज सम्म पुगेको छ । उक्त घाउले बिकराल रुप लिएपछी खुट्टानै झर्ने अवस्थामा पुगेको छ ।आर्थिक अवस्था निकै कमजोर भएको हुँदा उपचार गर्न नसकिरहेका कटी भुललाई यतिबेला विभिन्न समाजसेवीहरु सहयोगका लागि जुटिरहेका छन् ।

उपचारका लागी युकेबाट समाजसेवी इशा गुरुङको साथ्

युकेमा रहदै आएकी पोखरेली चेली इशा गुरुङ निरन्तर मानवीय सेवामा समर्पित भैरहेकी छिन । सायद उनीसंग मानव सेवामा नजुटेको एक पल पनि छैन । मानवीय सेवामा अहोरात्र खटिरहने गुरुङसेनीको जीवन चर्या हरपल दुखि गरिवहरुको सेवा र सहयोगमा बित्ने गरेको छ । विभिन्न सहयोग पश्चात केहिदिनका लागि थकान मेट्ने जर्मको गरिरहेकै बेला आफ्नै फेसबुकले हृदय भंग गर्दै दुखिहरुको दुखले इशाको कोमल हृदयलाई भयभीत बनाई दिन्छ, अनि सहयोग अभियानमा नजुटिकन सुखै पाइदैनन उनि ।

कटी भुलको खुट्टाको विभत्स तस्बिर देखे पछी विछिप्त बनेकी समाज सेवी इशा गुरुङले उपचारका लागि साथ् दिन फेरी जुट्नै पर्ने भयो । कसैको दुखलाई देखेर पनि नदेखे झैँ गर्न नसक्ने उनको बाणीले समाज सेवामा अहोरात्र डोर्याइरहेको छ ।उनले एउटा भावुक स्टाटस लेखेर आफ्नै छोरीको पहिलो सहयोगबाट अभियान थालेकी छन् । उनले स्टाटसमा लेखेकी छन्, ‘बिहान मैले कटी भुलको कुहिदै झर्न थालेको विभत्स फोटो सहित स्टाटस लेख्दा मेरो छोरी साथमै थिइन् । छोरीले सोधिन् को हो रु के भएको यो मान्छे लाइ रु मैले जवाफ दिए, ‘ग़रीब मान्छे हो । खुट्टाको उपचार गर्ने पैसा नभएर, अब ममीले पैसा उठाउने हो छोरी’ ।

अनि छोरीले एक छिन चुपचाप लागेर हेरिरहिन‘र केहि समय पछी भनिन, ‘ममी मेरो नेपाली पैसा कता छ रु’ मैले भने ‘माथि दराजमा छ’ । छोरी दौडिदै गएर ६ वटा हजारको नोट ल्याएर मलाइ दिइन्, म छक्क पर्दै भने ‘के गर्ने हो यो पैसा ?’

छोरीको जवाफ थियो ‘अघिको फोटोको मान्छे लाइ हो’ । मेरा आखा भरी आँशु आए र उनलाई भने ‘छोरी तिम्रो ममीले गरेको यस्तो कार्यमा यो संगै दुई पटक सहयोगी बनेकी छौ’ छोरी मुसुक्क हास्दै आफ्नै फोनमा व्यस्त भइन्‘बाँकी निशब्द छु म !

आमाको गुण र अबगुण छोराछोरीले नियालिरहेका हुन्छन र फलोअप पनि गरिरहेका हुन्छन । छोरीको सेवाप्रदायक तथा उत्प्रेरक चिन्तन देखेर हौसला पाएकी समाजसेवी इशा गुरुङ फेरी पनि कटीभुलको उपचार अभियानमा निरन्तर जुटेकी छन ।देश बिदेशमा मानवीय भावना बोकेका सहयोगी हातहरु इशा गुरुङको अभियानलाई साथ दिईरहेका छन् ।यसीअघि क्यान्सर पीडित एलिश्ना राईलाई आमाले छोडेर आर्कैतिर लागे पछी इशा गुरुङले थालिन सहयोग अभियानद्वारा आर्थिक सहयोग गरेकी थिइन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest