खुलेर गर्नुस् मनका कुरा

Friday, July 27th, 2018

विश्वमा नयाँ–नयाँ अनुसन्धान भइरहन्छन् । पछिल्लो अनुसन्धानले के स्पष्ट पारेको छ भने मुटुरोगसँग डिप्रेसन र तनावको सम्बन्ध रहन्छ । त्यसैले विश्वमा करोडौँ मानिस मुटुरोगको जोखिममा छन् । उक्त अनुसन्धानले चिन्तालाई सबैभन्दा ठूलो रोगका रूपमा व्याख्या गरेको छ । किनकि, चिन्ताले नै डिप्रेसनको समस्या निम्त्याउँछ । यी सबै कुराबाट बच्न खुलेर अरूसँग मनको कुरा गर्न आवश्यक छ ।

विश्वभरिका विशेषज्ञहरूले मुटुरोग र डिप्रेसन, तनावका बीचमा प्याथोफिजियोलोजिकल सम्बन्ध हुन्छ । मनोचिकित्सामा हार्वर्ड रिभ्युको अनुसन्धानले एकतिहाइ मानिसमा डिप्रेसन र तनावका कारण मुटुरोगको खतरा अत्यधिक छ ।म्यासाचुसेट्स जनरल अस्पतालका एमडी क्रिस्टोफ सेलानोका सहयोगीले भनेका छन्, ‘मुटुका बिरामीको वा कार्डियाक हमलाबाट पीडित हुनुको कारण डिप्रेसन र तनाव भए पनि धेरैलाई त्यो कारणबारे थाहा हुँदैन । जसले गर्दा उपचारमा पनि निकै अप्ठ्यारो हुन्छ ।’

अनुसन्धानले भनेको छ कि कैयौँपटक डाक्टरलाई मुटुरोगको कारण पत्ता लगाउन गाह्रो हुन्छ । यसको सबैभन्दा ठूलो कारण हो, मानिसको मनोवैज्ञानिक समस्या । जसले मुटुरोगसँग सम्बन्ध राख्छ ।’डिप्रेसन र चिन्ताका कारण मानिसलाई मुटुको समस्या हुन्छ र उनीहरूमा मेटाबोलिक परिवर्तन पनि बढी हुन्छ । यस्ता मानिसले डाइट, व्यायाम र मेडिटेसनको रुटिनसमेत म्यानेज गर्न सकस हुन्छ । अनुसन्धानले हल्का चिन्ता मात्र भएका शारीरिक रूपमा स्वस्थ व्यक्तिमा पनि मुटुरोगको सम्भावना बढी हुन्छ ।

सेलानोले भनेका छन्,‘चिकित्साका क्रममा पनि मुटुरोग र चिन्ताबीच सम्बन्ध छ भन्ने सम्झन जरुरी हुन्छ । जसले पीडितको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सघाउ पुग्छ ।’ त्यसैले चिन्तालाई एउटा गम्भीर रोगका रूपमा लिइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३० करोडभन्दा बढी मानिस डिप्रेसनबाट ग्रसित छन् । र, यो बढ्दो क्रममा छ । जसको प्रमुख कारण चिन्ता हो ।

सावधानी
चिन्ता र तनावबाट बच्न आवश्यक हुन्छ । यसका लागि आफ्नो मनको कुरा खुलेर अरूसँग गर्न जरुरी हुन्छ । यसका साथै खुसी, सकारात्मक सोच राख्नुपर्छ । त्यस्तै स्वस्थकर खाना, भ्रमणलगायतका गतिविधि गर्न सकिन्छ ।

यसको सबैभन्दा राम्रो उपचार भनेको आफूले आफैँलाई प्रेम गर्नु हो । वरिपरिको भर्चुअल दुनियाँले तपाईंलाई हरेक समय गिज्याइरहेको हुन्छ । थुप्रै कुरा हुन्छन्, जसले तपाईं दुःखी तुल्याउन सक्छ । यस्ता विषयमा त्यति धेरै मतलब राख्नुहुँदैन । नयाँ पत्रिका दैनिकबाट

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest