चक्र प्रसाद पोख्रेल
काठमाण्डौ ःनेपाली चाड पर्वहरुमा युवायुवतिहरुको विशेष रोजाइमा पर्ने पर्व हो होली ,यसै अवसरमा काठमाण्डौको हाँडीगाँउ स्थित गहनापोखरीमा हजारौंको सहभागिता जुटाई.रेडियो सिटी एफ.एम. ९८.८ बाट ४ घण्टा निरन्तर प्रत्यक्ष प्रशारणका साथै गीत संगीत क्षेत्रका चर्चित व्यक्तित्वको प्रत्यक्ष गायन कार्यक्रम सहित लिस्नर्स क्लव नेपाल र रोटरी क्लव अफ राजधानीको संयुक्त आयोजनामा होली कार्यक्रम आयोजना हुने भएको छ ।
सामाजिक र परोपकारी कार्यले रोटरी संसारभर चिनिएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल–भुटान अन्तर्गतको रोटरी क्लव अफ राजधानी समेत आयोजक रहेको यस होली विशेष कार्यक्रममा रोटरी डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गभर्नर सञ्जय गिरीको विशेष उपस्थिति रहने रोटरी क्लव अफ राजधानीका २०१८–१९ का लागी प्रिसिडेन्ट इलेक्ट अमित गिरीले बताए ।
रंङ्गहरुको पर्व होली मार्फत रोटरीलाई समुदाय स्तर सम्म लैजाने एउटा शसक्त माध्यम भएकोले यो विशेष होली कार्यक्रम आयोजना गरिएको रोटरी क्लव अफ राजधानीका प्रिसिडेन्ट तीर्थ बहादुर जोशीले बताए । ‘रोटरीले गरेका परोपकारी कार्यहरु यस्तै अवसरहरुमा पब्लिक सम्म पुग्ने गर्छ’ उनले थपे ।
विगतका दिनहरुमा पनि धेरै वटा कार्यक्रमहरु सामाजिक संघ÷संस्था संग जोडिएर आयोजना गरेको रेडियो सिटीले यस्ता कार्यक्रमहरुले रेडियो कमर्शियल मात्र होइन सोसियल पनि हो भन्ने सन्देश श्रोताहरुमा जाने भएकोले अन्य कमर्शियल रेडियोहरुले पनि सामाजिक क्षेत्रका कार्यहरुलाई प्राथमिकतामा राख्नु पर्ने वताएको छ । ४ घण्टा सम्म निरन्तर प्रत्यक्ष प्रशारणको लागी सम्पूर्ण प्राविधिक तयारी पुरा भएको रेडियो सिटी ९८.८ का वरिष्ठ प्राविधिक राजकुमार मगरले बताए ।
विभिन्न सञ्चार माध्यमहरु संग सहकार्य गर्दै होली विशेष पर्व मनाउदै आएको लिस्नर्स क्लव नेपालले गत वर्ष देखि रेडियो सिटी ९८.८ संग समन्वय गरि होली पर्व भव्य रुपमा मनाउदै आएको क्लवका अध्यक्ष हरिराम पौडेलले बताए । कार्यक्रमलाई विशेष सांगितमय बनाउने उद्देश्यले नेपाली सांगितिक क्षेत्रका चर्चित गायक÷गायिकालाई निम्तयाएको पनि उनले बताए । अध्यक्ष पौडेलका अनुसार चर्चित गायक तथा संगीतकार भानुभक्त ढकाल, चर्चित गायिका निशा देसारका साथै केशव पौडेल, तारा लक्सम, सविना कार्की, टीका प्रसाई, बानिका प्रधान, मदन गोपाल, दुर्गा खरेल, अजर जंगम, रिता के.सी, शंकर थापा, सुरज कुमार थापा, लेखराज गुरुङ्ग, शोभा पाण्डे, सन्तोष खरेल, सन्तोष श्रेष्ठ, शितल पाण्डे, पशुपति ताम्राकार, सीमा पुन, ऋतु कडेल, मिरा कार्की, कमला सापकोटा, सन्तोष दुमी, संजिव कुमार पौडेल, सृजना कार्की, भलक विवश लगायतले आफ्नो प्रस्तुतिले दर्शक र श्रोताहरुलाई नचाउनेछन् ।
गत वर्षको होली कार्यक्रमलाई पनि त्रिशक्ति क्लव र त्रिशक्ति महिला समुहले व्यवस्थित र मर्यादित बनाएको स्मरण गर्दै यस पटक अझ विशेष व्यवस्था गरिएको त्रिशक्ति क्लवका अध्यक्ष बालकृष्ण खड्गीले बताए ।
महिला दिदी बहिनीहरुको लागी सुरक्षित र रमणीय होली मनाउने वातावरणको लागी यस पटक विशेष व्यवस्था गरिएको त्रिशक्ति महिला समुह कि अध्यक्ष उमा कार्कीले बताइन् । सुरक्षाको लागी स्थानीय प्रहरी विटका सुरक्षाकर्मीको साथै सामुदायिक प्रहरी, त्रिशक्ति क्लव र त्रिशक्ति महिला समुहका स्वयंसेवीहरु परिचालित हुने भएकोले सबै होली प्रेमीहरुलाई निश्चिन्त भएर होली खेल्न आउन पनि उनको आग्रह रहेको छ ।