गाउँपालिकाले विपन्न परिवारका केटा केटीहरुको सामूहिक विवाह गरिदिँदै

Monday, November 25th, 2019

काठमाडौं :सुनसरीको कोशी गाउँपालिकाले विपन्न परिवारका छोरा–छोरीको निःशुल्क सामूहिक विवाह गरिदिएर विपन्न परिवारलाई सहायता गर्न लागेको छ। पछिल्लो समय विवाह खर्चिलो बन्दै गएको छ । दाहिजोको प्रचलन भएका स्थानका विपन्न परिवारका लागि त विवाह धेरै कष्टकर छ ।विपन्न परिवारको यही बाध्यतालाई गाउँपालिकाले सम्बोधन गर्न लागेको हो ।

गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले मंसिरको अन्तिम साता विपन्न परिवारका छोरा–छोरीको निःशुल्क सामुहिक विवाह गरिदिन लागेको बताएका छन् । चौथो गाउँसभाबाट स्वीकृत कार्यक्रमअनुसार हुन लागेको विवाहका लागि दर्ता खुलेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।गाउँपालिकाका अनुसार, इच्छुक व्यक्ति तथा अभिभावकले मंसिर १७ गतेसम्म नजिकको वडा कार्यालय वा गाउँपालिकाको सामाजिक विकास शाखामा नाम दर्ता गराएर लाभ लिन सक्नेछन् ।आ–आफ्नै परम्परागत विधिविधानअनुसार जोडीको विवाह गर्ने तयारी छ । बेहुला बेहुलीको लत्ता कपडासँगै भोजभतेरलगायत सम्पूर्ण व्यवस्थापन पनि गाउँपालिकालले नै गर्ने अध्यक्ष अन्सारीद्वारा जारी सूचनामा

उल्लेख छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest