गायक तथा सर्जक प्रकाश पराजुलीको चाँदि कहाँ होलाले चर्चा बटुल्दै

Tuesday, February 25th, 2020

मोहन श्रेष्ठ

काठमाडौ :बहुप्रतिभाका धनी गायक तथा सर्जक प्रकाश पराजुली चादि कहाँ होला दोहोरी गीत ले बजारमा निकै चर्चा कमाएको छ। छोटो समय मा नै लाखौ दर्शक श्रोताको मनमा बस्न सफल यो गीत केही दिन अगाडि मात्र बजार मा आएको हो। धेरै एल्बम हरु बजार मा ल्याइसकेका बुलन्द आवाजका धनी प्रत्यक्ष दोहोरीका प्रखर गायक प्रकाश पराजुली स्याङ्जा मा जन्मिएर बिगत लामो समय देखि नेपाली गीतसंगीतलाई आफ्नो पेशा बनाउदै कलाकारिता क्षेत्र मा चर्चा बटुल्दै आएकाछन् ।आज भन्दा केही दिन अगाडि मात्र बजार मा आएको चादी कहाँ होला दोहोरी गीत मा भने स्वर गायिका सन्जु न्यौपाने र गायक रबिन लामिछाने को रहेको छ नबराज पन्त को शब्द प्रकाश पराजुली को संगीत ,कृष्ण बि क भान्जा को एरेन्ज र कुमार राना मगर को मिक्सिङ मास्टरिङ रहेकोू चादी कहाँ होला भिडियो सार्बजनिक भएको हो । मौसम हिमालि को निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा दुर्गेश थापा,निसा न्यौपाने ,जुना गुरुङ ओवि रायमाझी को अभिनय रहेको म्युजिक भिडियो लाई करण चौसिरको छायांकन रहेको छ भने भिडियोमा दृश्य सम्पादन मनोज कार्की ले गरेका छन ।

यो समाचार तयार पार्दा सम्म करिब २ लाख ८० हजार भन्दा बढी भ्युज कमाउन सफल भएको चादी कहाँ होला गीतलाई धेरै संगीत प्रेमिमनहरु ले यो गीत टेनिङमा परोस् भनेर अपेक्षा समेत गरेका छन । चाँदी कहाँ होला गीत सन्जु न्यौपाने नामक ब्यक्तिगत युट्युब च्यानल बाट बजारमा आएको हो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest