गीतकार दुर्गा प्रधानको वन्ली फर यु

Saturday, December 8th, 2018

गीतकार दुर्गा प्रधानको वन्ली फर यु नामक एल्बम विमोचन भएको छ । शुक्रबार आयोजित कार्यक्रम मार्फत सो एल्बमकोे विमोचन गरिएको हो । गीतकार प्रधानको एकल शब्द रचना तथा संगितकार विनोद पछाईको एकल संगीत रहेको सो एल्बमका पाँच ओटा गीत रहेका छन् । पुर्व अर्थमन्त्री तथा गीतकार साहित्यकार शंकर प्रसाद कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा समाजसेवी माइक होगनं,एल्बमका संगीतकार एवं गायक बिनोद पछाई, गायिका दिपा लामा, नायिका सारा सिरपाली, गीतकार दुर्गा प्रधान लगायत बिशिष्ठ व्याक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गीतकार प्रधानका श्रीमान नन्द कुमार प्रधानले दुर्गाको पहिलो प्रयास गीति एल्वम वन्ली फर यु प्रति आफु आशावादी रहेको समेत बताए भने उनको निरन्तरताका लागि शुभकामना दिएका थिए । त्यस्तै प्रमुख अतिथि कोइरालाले दुर्गाको लेखन शैलीप्रति खुलेर प्रशंशा गरेका थिए । साहित्य लेखनमा विशेष रुची राख्ने प्रधानको एल्बममा रहेका पाँच गीतमा अन्जु पन्त, विनोद पछाई, दिपा लामा, मेलिना राई र शिव परियारको स्वर रहेको छ । जसमध्ये शिव परियारको आवाजमा रहेको रात पनि दिन हुन्छ बोलको गीतको म्युजिक भिडियो पनि विमोचन गरिएको थियो । भिडियोलाइ निशान घिमिरेले निर्देशन गरेका हुन् भने आकास श्रेष्ठ र सारा सिरपालिको अभिनय रहेको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest