गीतकार निलिमाको मनका कुरा

Monday, July 29th, 2019

जीवनको यात्रा अनौठो हुँदो रहेछ । समयले कहाँ बाट कहाँ पुर्याउछ भन्ने पत्तो हुदैन । दिन र रातसँग कोल्टे फेर्दा फेर्दै समय वितेको थहाँ नै हुँदैन । हरेक केटा मानिसको सफलताको पछाडि केटी मान्छेको हात हुन्छ भने झै हरेक केटी मान्छेको सफलतामा पनि कुनै न कुनै केटा मान्छेको हात हुन्छ चाहे त्यो बाउको रुपमा होस् साथीको रुपमा होस् या जीवनसाथीको रुपमा । गीतकार निलिमा मास्के श्रेष्ठको सफलताका पछाडि उनका श्रीमान रुपक श्रेष्ठको हात रहेको छ । उनी भन्छिन् मैले हरेक पाइलामा उहाँको साथ र सहयोग पाएको छु ।

सानै देखि कलम चलाउने निलिमाले आफुले लेखेका गीत तथा रचनाहरु सुरु सुरुमा कसैलाई देखाउदिनथिन् । लेख्दै जाँदा उनले आफ्नो लेख साथीभाइलाई सुनाउन थालिन् । भनिन्छ रगतको प्रभाव सन्तानमा पर्छ । उनको हजुरबुबा नामी लेखक तथा साहित्यकार हुनुहुन्थ्यो । आज पनि विजय मल्लको नाम साहित्य जगतमा प्रख्यात रहेको छ । उनकी नातिनि हुन् निलिमा मास्के श्रेष्ठ ।


उनको पहिलो कविता संग्रह हो तरंग जसमा एकसयवटा कविता रहेका छन् । त्यसपछि उनले मनका कुरा नामक गीति एल्वम प्रकाशित गरिन् । जसमा ६ पटा गीत संग्रहीत रहेका छन् । कुनैपनि गीत होस् या कविता त्यसमा गीतकार वा लेखकको भावना हुन्छ अथवा जीवनको भोगाइ वा यर्थाथता लुकेको हुन्छ । उनले पनि आफ्ना लेखहरुमा जीवनको यथार्थता व्यक्त गरेकी छन् । उनले आफ्नो रचनाको गीत मेरो मनको मन्दिरमा भिडियो भर्खरै सार्वजनिक भएको छ । जसमा संगीत हरि लम्सालको रहेको छ भने सुवास प्रधानले भिडियो निर्देशन गरेका छन् । भिडियोमा विवेक राज र मनिसा सापकोटाको अभिनय रहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest