गीति एल्बम लिएर आउँदै विजया

Friday, March 23rd, 2018

विजया गुरुङ – गितकार
लमजुङ्मामा वाल्यकाल बिताएकी विजयाले स्कूल पढ्दादेखि नै आफूलाई साहित्य सिर्जनामा अगाडि बढाएकी थिइन् । मृदुभाषी र सरल स्वभावकी विजयाको लेखनशैली पनि सरल छ, जो कोहीले पनि बुझ्नसक्ने भावमा लेख्छिन् । गीत, कविता उनलाई मनपर्ने विधा हुन् ।

 

अलिकति पनि समय पाउनासाथ कागजमा कोर्न थाल्छिन् उनी । पछिल्लो समय बेलायत बस्दै आएकी उनले आफू त्यहाँ रहँदा जति व्यस्त भएपनि शब्द कोर्न भने छाडिनन् झनै बढी लेख्न थालिन् उनले । चाँडै नै
बिनोद पछाईको एकल संगीतमा उनको एकल शब्दको गीति एल्बम चाँडै नै आउने तयारीमा छ ।

औंला गन्दै छु म तिम्रो पर्खाइमा बोलको गीतको रेकर्डिङ सकिएको छ, जसमा गायिका दीपा लामाले आवाज भरेकी छिन् त्यस्तै पलपल साथै रहुँ म तिम्रोे लगायत जम्मा ६ वटा गीत रहने छन् । एल्बम यही वैसाखदेखि
स्रोतामाझ आउने तयारीमा रहेको छ । नेपाली गीत संगीतको आकास उनको आगमनले फराकिलो बनाउने अपेक्षा गर्न सकिन्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest