गीत संगीत समुन्द्र हो

Monday, October 21st, 2019


लेखन यात्रा कहिले देखि शुरु गर्नु भयो ?
विद्यालयमा पढ्दा मलाई साइन्सको धँगधगी थियो, साइन्स मात्र विषय हो अरु सव वाइयात जस्तो लाग्थ्यो त्यसकारण साहित्य पट्टि खासै अभिरुची हुदैन थियो । कलेज पढ्दा पनि करिव करिव त्यस्तै नै भयो, यसो कहिले कहि त्यस्तै विशेष कार्यक्रमहरुमा केही फाट्टफुट्ट लेख्ने वाहेक खासै लेखिएन तर जव जीवन र जगतलाई केही अनुभुत गर्न थालियो समाजका रिती कुरीतिहरु वुझ्न थालियो तव केही लेख्नै पर्ने दायित्व वहन हुन थाल्यो । त्यसैले मेरो जीवनको उत्तारार्धवाट मात्र अलिकति संवेदनशिल भएर लेख्ने शुरुवाती भयो । करिव मेरो जीवनको पचासौँ वसन्त देखि मैले लेख्न थालेको हु ।
लेखनको लागि को देखि प्रेरित हुनु भयो ?
मेरो विचारमा स्रष्टाहरु सवै प्रेरणाका स्रोतहरु हुन् । समय गुज्रेर जान्छ तर स्रष्टाले आफ्नो सृजनामा तत्कालीन समयलाई कतै न कतै सिउरिरहेको हुन्छ । उहाँहरुको सृजना भित्र तत्कालीन समय प्रतिविम्वित भएको हुन्छ । म पनि यही समाजको उपज भएको हुनाले समाजमा घटेका घट्ना परिघटना पछ्यौटापन कुनै समयले ल्याइपुर्याएका अमूल्य क्षणहरुले नै मलाई पनि अवश्य प्रभाव पार्दछ नै त्यसैले लेख्नमा उत्प्रेरित गराउदँछ जस्तो लाग्दछ कारण एउटा स्रष्टा कुनै पनि संवेदनशिल विषयमा विवेकहिन भएर चुपचाप सही वस्न सक्दैन ।
हाल सम्म के कति एल्वम तथा पुस्तकहरु प्रकाशित भए ?
मेरो एक वर्ष अगाडी एउटा गीति तथा कविता सँग्रह परिभाषाका राँटाहरु प्रकाशित भएका थिए जस्मा पैतालीस वटा गीतहरु र वाह्र वटा कविताहरु समावेश भएका थिए भने यही गीति तथा कविता संग्रहका वाह्र वटा गीत समावेश भएका अमर भावना नाम गरेको गीति एल्वम प्रकाशित भएका थिए । जुन एल्वममा चर्चित संगीतकारहरु न्हूयु वज्राचार्य, राजु सिँह, शान्ति राम राई राजसागर पारश मुकारुङ ,मनोज थापाले संगीत भर्नु भएको थियो भने चर्चित गायक स्वरुपराज आचार्यले दुइ वटा गीतमा स्वर दिनु भएको थियो भने आनी छोइङ डोल्मा, वानिका प्रधान, राज सागर भिषण मुकारुङ मनोज थापा आदिले स्वर दिनु भएको थियो । भरखरै मात्र अमर भावना २ नामक एल्वम सार्वजनिक भएको छ जस्मा दुइवटा गीतको भिडीयोलाइज पनि गरिएको छ भने एउटा तीजको गीत हरहर महादेव भोले वावा जी वोलको छ जून छोटो समयमा नै निकै चर्चामा आएको छ यसले गर्दा मलाइ निकै हौसला मिलेको छ ।

यहाँले राष्ट्रभावका गीतहरु ,आधुनिक गीत हुदै तीजको गीत पनि लेख्नु भएको छ, यी विभीन्न विधाका गीतहरुका सर्जक हुदा कस्तो महशुष गर्नु भएको छ ?
एउटा सर्जकले समाजलाई सही मार्ग तिर निर्दिष्ट गर्नु पर्ने हुन्छ साथै साहित्यमा ठूलो तागत पनि हुन्छ त्यसैले स्रष्टाले लेखिदा सिँगै देश अनि त्यहाँको भूगोल, समाज सँस्कृति, परम्परा चाड पर्व सवै सवै जागरुक हुन्छन् त्यसैले विभिन्न परिस्थिति अनुसार विभिन्न भावका सृजनाहरु आउनु स्वभाविक हो ।
गीत संगीत वाहेक अन्य के कस्ता कार्यक्रमहरुमा समावेश हुनुहुन्छ ?
हामी सामाजिक प्राणी भएको हुनाले समाजका विभिन्न संयन्त्रहरुले हामीलाई प्रभाव पार्ने नै भयो, कतै हिड्दै गर्दा कसैको दुःख पीडा देखियो भने हामीलाई पनि उस्तै दुःख, उस्तै पीडा महशुष हुन्छ, हेरी छाड्न सकिदैन, तुरुन्त केही न केही गर्न मन लागिहाल्दछ अनि त्यसैमा आवद्द भइहालिन्छ, यस्ता खाले समस्याहरु यत्रतत्र समाजमा हुने नै भइहाल्यो त्यसैले समाजसेवी कार्यहरु गर्नमा समय वेतित हुन्छन्, म थुप्रै सामाजिक संस्थाहरुमा आवद्द छु ।
तिम्रो शहर वोलको गीतले छोटो अवधिमा नै यो निक्कै चर्चा पाएको छ, कस्तो महशुष गर्नु भएको छ ?
एउटा सर्जकको लागि यो भन्दा खुशी र आनन्दकारी क्षण अरु के नै हुन सक्दछ र ? म मेरा दर्शक श्रोताहरु प्रति नतमस्तक छु, साथै म यसै मिडिया मार्फत हार्दिक नमन पनि गर्न चाहन्छु, मलाई ठुलो उर्जा मिलेको छ, अवश्य अव म लेख्ने छु ।
हरहर महादेवले दिन खोजेको सन्देश के हो ?
हामी अहिले तीजको संघारमा आइपूगेका छौँ, त्यसैले यो सुनौलो अवसरमा यो हरहर महादेव भन्ने तीज गीत हामीले वजारमा ल्याएका छौँ । यसले हामी सम्पूर्ण नेपालीहरुलाई एकताको सुत्रमा आवद्ध गराएर विशुद्ध मनोरञ्जन दिन सकोस, देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली आमा दिदी वहिनीहरुको दुःख सुख एक ठाउँमा होलान् तर मेरो यो गीतले थोरै मात्र पनि उहाँहरुलाई खुशी थपिदिन सक्यो भने अझ यो गीत सुनेर नाची पनि दिनु भयो भने त्यो भन्दा ठूलो मेरो कुनै खुशी हुने छैन र उहाँहरुको खुशी नै यस गीतको सन्देश हुनेछ भन्ने मलाई लाग्दछ ।
आगामी दिनमा के कस्ता गीतहरु आउने क्रममा छन् ?
मेरो अव छिट््टै आमा भन्ने गीति एल्वम वजारमा आउदैछ, यो एल्वममा समाहित गीतहरु मेरी स्वर्गीय माता वृन्दा लक्ष्मी प्रति समर्पित हुने छन् । यो आमा भन्ने एल्वममा जम्मा पाँच वटा गीतहरु समावेश हुने छन् र सवै गीतहरु सुगम संगीतका हुने छन ।
समग्रमा नेपाली गीत संगीतको भविष्य कस्तो देख्नु भएको छ ?
गीत ंसंगीतको क्षेत्र भनेको समुन्द्र हो, जति डुवुल्की मार्यो उति गहिराईमा पुग्न सकिन्छ तर उसंग डुवुल्की मार्ने क्षमता हुनु पर्दछ । यो क्षेत्रमा विभिन्न तह र तप्काका व्यक्तिहरुको आगमन वढेको छ, यो सुन्दर पक्ष हो । गीत संगीतको क्षेत्रमा लगानीको महत्वपूर्ण भूमिका रहन्छ, हाल आएर के उद्यमी के व्यावसायी के जागीरे सवैको आगमन वढेको हुनाले यो क्षेत्र ससक्त वन्दै गएको छ जस्तो लाग्दछ, त्यसैले यो क्षेत्रको भविष्य सुन्दर देखेको छु ।
प्रस्तुति ः हरिराम पौडेल

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest