गुण व्यूटिसियन ट्रेनिङ्ग सेन्टरको एकदिने सेमिनार

Friday, August 16th, 2019

 

गुणा व्यूटिसियन ट्रेनिङ्ग सेन्टरको अयोजनामा एक दिने व्यूटिसेमिनार सम्पन्न भएको छ । अन्तराष्ट्रिय मेकअप आर्टिस्ट रोजी बारेटले मेकअप क्लास सञ्चालन गरेकी थिइन् । अन्तराष्ट्रिय स्तरको मेकअप तथा हेयर सम्बन्धि प्रक्षिणमा नेपाल अधिराज्यभरीबाट पचास भन्दा बढी व्यूटिसियनहरु सहभागि भएका थिए ।

सेमिनारको उदेश्य व्यूटिसियनहरुको क्षमतालाई प्रोफेसनल रुपमा बृद्धि गर्नु रहेको छ । रोजी यु के की मेकअप आर्टिस्ट हुन् । उनी सँग मेकअप सम्बन्धि नयाँ आइडिया सिक्नको लागि व्यूटिसियनहरु निकै उत्साहित थिए ।

नेपालमा बसेर नै अन्तराष्ट्रिय स्तरको मेकअप सिक्ने अवसर पाउनु आफुहरुको लागि सौभाग्यको कुरा भएको व्यूटिसियनहरुको भनाई थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest