गुल्मीको धुर्कोटमा बालिकाको शव भेटीयो

Thursday, May 31st, 2018

गुल्मी ः गुल्मीको धुर्कोट गाउँपालिका ७ मा एक बालिकाको शव फेला परेको छ । धुर्कोट ७ वाग्लामा बालिक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुराकुमार द्धिबेदीले जानकारी दिए ।
अन्दाजी १२ वर्षीय बालिकाको शव सडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको पुर्कोट इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक अशोक श्रीवास्तबले बताए ।शव पोष्टमाटनको लागि जिल्ला सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ । सडेकोले शव पहिचान गर्न समस्या भएको प्रहरीले बताएको छ ।घटनास्थल वरपरका सबैलाई खबर गरेपनी कसैले बालिका हराएको कुनै उजुरी पनि प्रहरी कहाँ नआएको प्रहरी उपरीक्षक द्धिबेदीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest