गुल्मीमा आफ्नै दाजुद्धारा बहिनी बलात्कृत

Thursday, March 29th, 2018

चक्र प्रसाद पोख्रेल,
काठमाडौं : पछिल्लो समय प्रत्येक दिन बलात्कारका घटनालाइ हेर्दा लाग्छ बलात्कार गर्नु सामान्य भइसक्यो नेपालमा ।
गुल्मीको धुकोट गाउँपालिका वडा नम्वर ५ मा सोमबार १६ वर्षिय किशोरी बलात्कृत भइन् । उनलाई बलात्कार गर्ने अरु कोही नभएर तिनै किशोरीका आफ्नै दाजु थिए ।
एउटै कोखबाट जन्म लिएका आफ्नै माइला दाजुले बहिनीको अस्मितामा दाख लगाए । तम्घासको एक बिद्यालयमा कक्षा ९ मा पढ्दै आएकी उनी बिरामी परेकाले घर गएकी थिइन् । तर घरमा कोही नभएको समयमा आफ्नै दाजुले आफुमाथी कुकित्र्य गरेको किशोरीले बयान दिएकी छिन् ।
आफ्ना दाजुले यसभन्दा अगाडी पनि पटक पटक आफुलाई बलात्कारको प्रयास गरेको किशोरीको भनाई छ । आफ्ना संवेदनशिल अङ्गहरु छुने, जिस्काउने र दुई पटकसम्म बलत्कारको प्रयास गर्दा आफु बच्न सफल भएको बताएकी छिन् । तर यसपटक भने घरमा कोही नभएको समयमा दाजुले आफुमाथी बलात्कार गरेको किशोरीको भनाई छ ।
आफ्नै दाजुले आफ्नो भविस्य पनि अन्धकारमा पारेको किशोरीको भनाई छ । संगसंगै अब यो संसारमा कसैलाई बिश्वास गर्ने ठाउँ नभएको उनी बताउँछिन् ।
सोमबार आफ्नै दाजुबाट आफ्नै घरमा बलात्कृत भएकी किशोरी बुधबार जिल्ला प्रहरी चौकी गुल्मिमा उजुरी दिन पुगेकी थिइन् । किशोरीलाई बलात्कार गर्ने उनका २८ वर्षिया दाजु १५ वर्षदेखी डोजर अपरेटरको काम गर्दै आएका थिए ।
यति बेला किशोरीका दाजुलार्ई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए ।आफ्नै दाजुबाट पीडित बनेकी किशोरीको सुन्दर भविस्यको कल्पना समेत यतिबेला ओझेलमा परेको छ । ती दाजुले उनको अस्मिता मात्र लुटेनन् उनको भविस्य पनि लुटेका छन् ।आफ्नै दाजुबाट किशोरी बलात्कार भएको घटना बाहिर आएसंगै समाजको एउटा घृणित पाटो बाहिर आएको छ र आफ्नै दाजुबाट वहिनी असुरक्षित हुने कस्तो समाज बनाउँदै बन्दैछ यो एक गम्भीर प्रश्न बोकेको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest