गुल्मीमा ६ वर्षिय बालिका माथि बलात्कार

Wednesday, March 14th, 2018

 सुनिल कार्की,

गुल्मी ःपछील्लो समय बलात्कारका घटना धेरै हुने गरेका छन । मंगलबार मात्र गुल्मीमा ६ वर्षिय नाबालिका बलात्कार भएकी छन मंगलबार साँझ ४ बजे बालिकालाई चाउचाउ बिस्कुटको लोभ देखाई गुल्मीको इस्मा गाउँपालिका–४ का १६ वर्षीय हिमाल दमाईले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।
घरमा आएपछि बालिकाले आमासँग घटनाको बारेमा सम्पूर्ण जानकारी गराएकी थिइन् । उक्त घटनाको प्रकृति सुनेपछि बालिकाकी आमाले प्रहरीमा दिएको उजुरीका आधारमा दर्जीलाई प्रहरीले मंगलबार नै घरबाट पक्राउ गरी सदरमुकाम ल्याएको थियो । बालिकाको घर नजिकै घर बनाउने काममा खटिएका युवक काम सकेर घर फर्कने क्रममा स्थानीय मन्दिर नजिकै खेलिरहेकी बालिकालाई बोलाएर चाउचाउको लोभ देखाउँदै बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि जिल्ला अस्पताल तम्घास लगिएको थियो । उनलाई तम्घासमा उपचार गरेपछि थप उपचारका लागि बुधवार पाल्पा पठाइएको छ ।
प्रहरी नियन्त्रणमा रहेका युवा माथी थप अनुसन्धान भइरहेको र थप कानुनी कारबाही अगाडि बढाउने तयारी भैरहेको जिल्ला प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest